जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने अछाम काँग्रेसका नेता तिमिल्सैनाको घोषणा
संवाददाता
अछाम / नेपाली काँग्रेस अछामको जिल्ला सभापतिका आकाङ्क्षी वेदप्रकाश तिमिल्सैनाले जिल्ला सभापतिमा निर्वाचित भए मेयर, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला सभापति बन्ने आफ्नो आकाङ्क्षा कुनै सार्वजनिक पदको उम्मेदवार बन्ने अवसर प्राप्त गर्न नभई पार्टीको एकता, सुदृढीकरण र सामूहिक नेतृत्वको विकासका




















































