मुुख्यमन्त्री शाह र आर्थिक मामिलामन्त्री शाही द्धारा खप्तड क्षेत्र पदमार्गको अनुगमन
झिग्राना / सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले धार्मिक तथा पर्यटकीय खप्तड क्षेत्र पदमार्गको आधार शिविर झिग्रानाको स्थलगत अनुगमन गर्नु भएको छ । शुक्रबार प्रदेश मुख्यमन्त्री शाह, आर्थिक मामिलामन्त्री शाही र प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले झिग्राना क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन गर्नु भएको हो ।
स्थलगत अनुगमनका क्रममा मुख्यमन्त्रि शाहले यस क्षेत्रमा प्रदेश सरकारले थप के गर्न सक्छ, यस क्षेत्रमा लगानी गर्दा कसरी अगाडी बढने ? भन्ने विषयका लागि उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको बताउनुभयो । झिग्राना क्षेत्रमा आफु पहिलो पटक पुगेको बताउदै मुख्यमन्त्री शाहले कैलाली र कञ्चनपुर वाट सजिलै खप्तड जानका लागि सजिलो, उपयुक्त आधारशिविर भएको बताउनुु भयो । उहाँले खप्तड क्षेत्रमा भुःस्वर्गको अनéुति गर्न सकिने भएकोले यसको विकासका लागि आफुप्रतिबद्ध रहेको बताउनुभयो ।
सुदूरपश्चिमको गरीवि निवारण गर्ने प्रोजक्ट भनेको कृषि र धार्मिक पर्यटन रहेको आर्थिक मामिलामन्त्रि नरेश कुमार शाहीले बताउनुु भयो । उहाँले खप्तडलाई धार्मिक पर्यटनको क्षेत्रमा जोडनको लागि प्राथमिक्ताका साथ ठोस नतिजा निकालेर योजना ल्याईने बताउनुु भयो ।
झिग्राना वाट १६ किलोमिटर दुरीमा खप्तड क्षेत्र पुगिन्छ । खप्तड क्षेत्रमा होटलहरुको विकास गर्नु पर्ने र पैदल मार्ग निर्माण गर्नु पर्ने माग खप्तड होम स्टेका सञ्चालक दिपक बहादुर खड्को छ ।
खप्तड बाबाले पुर्व देखि पश्चिमको यात्राको क्रममा यस क्षेत्रलाई अत्यन्तै उपयुक्त र धार्मिक रुपलेनै रोजेको बताईदै आएको छ । धार्मिक, पर्यटकीय, प्राकृतिक रुपमानै परिचित खप्तड क्षेत्रको विकास तथा प्रदेशकै पर्यटक प्रवद्र्धन गर्नको लागि प्रदेश तथा केन्द्र सरकारले यस क्षेत्रमा पुर्वधार निर्माणमा लगानी बढाउनु पर्ने देखिएको छ । यस क्षेत्रको विकासका लागि पर्यटन प्रर्बद्धनको लागि सुदुरपश्चिम सरकारले गतबर्ष खप्तड अन्तराष्टिय सम्मेलन सम्मेत आयोजना गरेको थियो ।












प्रतिकृया दिनुहोस