बालकल्याण माध्यमिक विद्यालयमा दशैँ, दीपावली तथा छठको शुभकामना आदानप्रदान र पुरस्कार वितरण

लम्की /  कैलालीको लम्कीचुहा नगरपालिका–१, भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

 

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दिपेन्द्रजंग रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लम्कीचुहा नगरपालिका–१ का वडाध्यक्ष नेत्रप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष खिमबहादुर रसाइली, प्रधानाध्यापक शिवबहादुर थापा, पूर्वशिक्षक नान्कला खनाल र नरेन्द्र शाही, निवर्तमान प्रधानाध्यापक धर्मा न्यौपाने तथा निम्न माध्यमिक तहकी इन्चार्ज जानकी अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

वक्ताहरूले नेपाली समाजका मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा समग्र समुदायमा पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

 

विद्यार्थीको प्रतिभा पहिचान, क्षमता विकास र सिर्जनात्मक गतिविधिमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा शिक्षिका निर्मला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक वीरेन्द्रकुमार शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस