पर्यटन प्रर्बद्धन विकासका लागि त्रीबेणी धाममा माघी मेला

 लम्की / पर्यटन प्रर्बद्धन विकासका लागि त्रीबेणी धाममा माघी मेला भएको छ । कर्णाली, भेरी र बाधे खोलाको संगम स्थल रहेको कैलालीको महोन्याल गाउँपालिका अन्र्तगत बडीगाँउ स्थीति कर्णाली नदी किनारमा त्रीबेणी मेला लागेको हो । यो ठाउँ भुगोलको आधारमा सुदुरपश्चिमको कैलाली जिल्लाको महोन्याल गाउँपालिका र कर्णाली प्रदेशको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको संगम पनी हो । कर्णाली प्रदेशको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको बिचमा भएर आएको भेरी नदी कणाली नदी संग यसै त्रीबेणी धाममा मिल्ने गर्दछ । कैलालीको सुगरखाल र बाधेगौजा भन्ने ठाउँ बाट बगेर आएको खोला समेत यसै ठाउँमा मिसिने गरेको छ । मानसरोबर बाट बगेर आएको पवित्र नदीको रुपमा चिनिने कर्णाली नदीमा अछाम,बाजुरा, डोटी हुदै बग्ने कैलाश, बुढीगंगा सेती नदीमा मिसिएर कर्णाली नदीमा समाहित हुने गरेको छ । यसरी हेर्ने हो भने बिभिन्न पवित्र धार्मिक महत्वका क्षेत्र बाट बगेर आउने जलका कारण बिभन्नै महत्च्व रहेको कर्णाली नदीको उजार गरी यसलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा प्रचार प्रसार गर्ने उदेश्यले मकर संक्रान्तीको अवसरमा त्रीबीणी धाममा मेलाको आयोजना गरीएको महोन्याल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नवराज कठायतले बताउनु भएको छ । उहाँले भन्नु भयो “धार्मिक तथा ऐतिहाक रुपले हाम्रो यो क्षेत्र कालिगण्डकी र देवघाट भन्दा कम छैन । यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा मात्र परेको हो ।”

 

महोन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल साउँदले यस क्षेत्रको विकासको प्रमुख आधार नै धार्मिक पर्यटन रहेको बताउनु भयो । त्रीबेणी धामलाई विकास गर्नको लागि महोन्याल गाउँपालिका छीमेकी पालिका चौकुने र पञ्चपुरी संग हातेमालो गर्न चाहेको बताउदै सहयोग र सहकार्यका लागि अपेक्षा समेत ब्यक्त गर्नु भएको छ । उहाँले त्रीबेणी धाममा कैलालीको महोन्याल,  सुर्खेतको चौकुने र  पञ्चपुरी पालिका जोडने एक खब्बे तिनकुने झुलङ्गे पुलको निमार्णको लागि पहल सुरु गरेको समेत बताउनु भयो । कैलाली क्षेत्र नम्बर २ “क” बाट निर्बाचित प्रदेश सभा सदस्य सांसद कमल बहादुर शाहले त्रीबेणी धामको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । सांसद शाहले धार्मिक पर्यटन विकास बाट यस क्षेत्रको विकास र स्थानियको जिविकोपार्जनमा सहयोग पुग्ने बताउनु भयो ।

 

जिल्ला समन्वय समितिका पुर्ब संयोजक सुर्यबहादुर थापाले कर्णाली नदी अपार सम्भावना बोकेको धार्मिक तथा पर्यटकीय नदी भएको बताउनु भयो । यस पवित्र नदी अन्र्तगत बिभिन्न ठाउँमा धार्मिक क्षेत्र तथा कर्णालीमा पानी जहाँज चलाउनको लागि सम्भाब्यक्ता अध्यन भएको बताउदै बर्तमान जनप्रतिनिधि संगै यस क्षेत्रको विकासका लागि आफु समेत सक्दो रुपमा लागि रहने बताउनु भयो ।

 

सुर्खेतको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारीले त्रीबेणी धामको विकासका लागि धामसंग जोडिएका तिन वटै पालिकाले लाग्नु पर्नेमा जोड दिनु भएको छ । त्रीबेणी धामको विकास गर्न सके भारतिय पर्यटकलाई यस क्षेत्रमा सहजै भित्राउन सकिने बताउदै मानसरोबरको यात्राको लागि यो बाटो छोटो समेत भएको बताउनु भयो । यो क्षेत्रमा पर्यटकलाई भित्राप्याउन त्रीबेणी धामको विकासका लागि भेरी कर्णालीको दोभानमा एक खब्बे तिन पालिका जोडने झुलङ्गे पुलको निमार्णको लागि आफुले प्रक्रिया अगाडी बढाएको र अरु पालिकाले पनी त्यसमा सहयोग गर्न आग्रह गर्नु भएको छ । महोन्याल, चौकुने र पञ्चपुरी नगरपालिकाका सयौं श्रद्धालु भक्तजनहरु आईतबार त्रीबेणी धाममा स्नान गर्न पुगेका थिए ।

 

 माघि पर्बको अवसरमा अघिल्लो रात शनीबार जाग्रम बसेर सो ठाउँमा मुढा बालेर देउडा खेल समेत खेलेको स्थानिय नरेन्द्र बहादुर शाहीले बताउनु भयो ।  त्रीबेणी धामको दर्शन गर्न तथा त्रीबेणीमा नुहाउनको लागि कैलालीको लम्कीचुहाका नगरप्रमुख सुशिला शाही, महोन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमलबहादुर साउँउद, सुर्खेतको पञ्चपुरी नगरपालिका नगरप्रमुख लालबिर भण्डारी, दैलेख जिल्ला समन्वय समितिका संयोजक, सुदुरपश्चिम प्रदेश सांसद तथा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदियदलका नेता कमलबाहादुर शाह, लम्कीचुहाm महोन्याल, चौकुने, पञ्चपुरी पालिकाका बिभिन्न वडाका वडाअध्यक्ष लगायत जनप्रतिनिधि संगै श्रद्धालुभक्तजन धाम क्षेत्रका पुगेका थिए ।

 

प्रतिकृया दिनुहोस