शुःल्क समायोजन लगायतका माग संम्बोधन गर्न विद्यार्थि द्धारा लम्की बहुमुखि क्याम्पसलाई २४ घन्टे अल्टिमेटम

लम्की / लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै २४ घन्टे अल्टिमेटम दिएका छन् । शैक्षिक शुःल्क समायोजन गर्नुपर्ने, तत्काल साधारणसभाको मिति तोक्नुपर्ने, सर्वपक्षीय सर्वदलीय बैठक बोलाउनुपर्ने लगायतका माग राख्दै क्याम्पस ब्यवस्थापन समिति र क्याम्पस प्रशासनलाई २४ घन्टे अल्टिमेटम दिएका हुन् ।

 

आफुहरुले राखेका माग समयमै संम्बोधन नगरे कडाभन्दा कडा आन्दोलनमा विद्यार्थिहरु उत्रीन बाध्यहुने क्याम्पस स्ववीयु सभापति ललित जैशीले चेतावनी दिनु भएको छ । ब्यवस्थापन समिति र क्याम्पस प्रशासन विद्यार्थिका मागप्रति उत्तरदायि हुन नसकेको विद्यार्थिको आरोप छ । विद्यार्थिहरुले क्याम्पसको समयमै साधारण सभानगर्नु दुःखद् भएको गुनासो गरेका छन ।

 

बिद्यार्थिका समस्या र शैक्षिक गुणस्तरका बिभिन्न मागराख्दै केहिदिन देखि चरणबद्ध आन्दोलनमा रहेका लम्कीबहुमुखि क्याम्पसका विद्यार्थिहरुले सामुदायिक रेडियो पश्चिम आवाज र सुदुरपश्चिम टेलीभिजन संग कुराकानी गदै क्याम्पस स्ववीयु सभापति जैशीले विद्यार्थिका मागको  समयमै सम्बोधन नभए शसक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

 

प्रतिकृया दिनुहोस