ऐश्वर्य सामुदायिक वन उपभोक्ता समूहको ९ औं बार्षिक साधारण सभा सम्पन्न
लम्की / कैलालीको जानकी गाउँपालिका ८ पालबजारमा रहेको ऐश्वर्य सामुदायिक वन उपभोक्ता समूहको ९ औं बार्षिक साधारण सभा आज ( शनीबार ) सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष केशव शाहीको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथीमा जानकी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य कलावती चौधरी रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा वडा सदस्य विष्णादेवी वि.क. र सव डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत शेरबहादुर भण्डारी रहनु भएको थियो । समूह सचिव टीका लामिछानेको स्वागत मन्तब्य संगै सुरु भएको साधारण सभामा टीकाराम चौधरी, हेमराज न्यौपाने, भक्तबहादुर विश्वकर्मा, डण्डीधर उपाध्याय, महारुप तिमिल्सैना, खकेन्द्र चौधरी, उदय खत्री, लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सामुदायिक वनका लेखा समिति संयोजक उदय खत्रीले सामुदायिक वनको आर्थिक बर्ष २०८०।०८१ को ३२ लाख ४० हजार ३ सय ७ रुपैयाँ ४४ पैसा बराबरको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका जानकी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य कलावती चौधरीले सामुदायिक वन विगतको भन्दा अहिले संरक्षण भएको र आर्थिक प्रतिबेदन पनि पारर्दशिकरुपमा आएको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा सदस्य विष्णादेवी बि.क.ले जानकी गाउँपालिकाको वातावरणमत्री गाउँ बनाउने मुख्य नारा नै रहेको बताउदै वडा कार्यालयका कार्यक्रम र सामुदायिक वनका कार्यक्रम संयुुक्तरुपमा सञ्चालन गरी वातावरणलाई स्वच्छ राख्न हरित गाउँ निर्माण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत शेरबहादुर भण्डारीले सामुदायिक वन हाम्रो हो । हामीले संरक्षण गर्नुपर्छ भन्ने कुरामा उपभोक्ता जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा अमरावती सामुदायिक वनका पुर्वअध्यक्ष भक्त बहादुर विश्वकर्माले वनजंगल जोगाउनमा सामुदायिक वनको र उपभोक्ताको अहम भुमिका रहेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक वनका सल्लाहाकार समिति संयोजक टीकाराम चौधरीले सामुदायिक वन उपभोक्ताको साझा सम्पती भएको बताउदै वन संरक्षणमा भेगीय तथा जातियनारा लगाउनु गलत हुने बताउनु भयो ।
कार्यक्रममा ऐश्वर्य सामुदायिक वनका अध्यक्ष केशव शाहीले सामुदायिक वन संरक्षणमा सबै लागन आग्रह गदै वन पैदावार सबैउपभोक्तालाई समानुपातिक वितरण र उपभोगको सवालमा आफु कहिँकतै नचुक्ने प्रतिबद्धता समेत जनाउनु भयो ।












प्रतिकृया दिनुहोस