दशैं–तिहार योजनामा उत्कृष्ट प्रदर्शन: HONOR ले शैलेशोवरी मोबाईलस र न्यू सिमरन ट्रेडर्सलाई Vespa उपहार
दशैं–तिहार लक्षित उपहार योजना अन्तर्गत उत्कृष्ट व्यापारिक उपलब्धि हासिल गर्ने दुई व्यवसायलाई HONOR मोबाइलले विशेष सम्मान गरेको छ।
सुखडस्थित शैलेशोवरी मोबाईलस र लम्कीस्थित न्यू सिमरन ट्रेडर्सले निर्धारित लक्ष्य पूरा गर्दै उल्लेखनीय सफलता प्राप्त गरेपछि कम्पनीले Vespa स्कुटर उपहार प्रदान गरेको हो।
उक्त उपलब्धिको सम्मानस्वरूप आयोजित कार्यक्रममा HONOR मोबाइल नेपालका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेले व्यवसायीहरूलाई बधाई दिँदै लम्की र सुखड क्षेत्रमा HONOR मोबाइललाई स्थापित गर्न उनीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
उहाँले स्थानीय बजार विस्तारमा यस्ता साझेदारहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो।
कार्यक्रममा शैलेशोवरी मोबाईलसकी प्रोप्राइटर कृशना शाही र न्यू सिमरन ट्रेडर्सकी प्रोप्राइटर पिन्की पाण्डेयलाई Vespa स्कुटर हस्तान्तरण गरिएको थियो।
त्यसैगरी कार्यक्रममा HONOR मोबाइल नेपालका एरिया सेल्स म्यानेजर हरिस पन्त, लम्की क्षेत्रका रिजनल डिस्ट्रीब्युटरका प्रोप्राइटर दिनेश जैसी लगायतको उपस्थिति रहेको थियो।
HONOR मोबाइलले समय–समयमा यस्ता प्रोत्साहनमूलक योजना ल्याउँदै बजार विस्तारसँगै व्यवसायीहरूलाई हौसला प्रदान गर्दै आएको जनाएको छ ।












प्रतिकृया दिनुहोस