किसान सहकारीद्वारा धनगढीकी चनाकी कुमारीका परिवारलाई ९ लाख ९८ हजार ७ सय २४ रुपैयाँ सहयोग
लम्की / कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिका–७, देवरियाकी चनाकी कुमारी चौधरीको परिवारलाई ९ लाख ९८ हजार ७ सय २४ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
सहकारी संस्थाको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत चनाकी कुमारी चौधरीको निधनपछि उहाँका श्रीमान् नरेश चौधरीलाई राहतस्वरूप उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।
संस्थाको धनगढी शाखाअन्तर्गत शुक्रबार आयोजित श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रममा केन्द्र नम्बर २१६७ की केन्द्र प्रमुख उमा कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो। धनगढी–गेटा शाखा समन्वय उपसमितिकी संयोजक सुन्दरिया कुमारी चौधरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा चौमालाअन्तर्गतका इलाका प्रमुख बमबहादुर बडुवाल, धनगढी शाखाका शाखा प्रमुख चक्रप्रसाद भण्डारी तथा समूह सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा दिवंगत चनाकी कुमारी चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो। साथै, संस्थाको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत परिवारलाई ९ लाख ९८ हजार ७ सय २४ रुपैयाँ बराबरको सुविधा रकम हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा सहकारीले सदस्यको सुखदुःखमा साथ दिँदै आएको र सदस्यको निधनपछि परिवारलाई आर्थिक राहत उपलब्ध गराउने कार्यले दुःखको समयमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन सहकारी संस्थाका फिल्ड सहायक निर्मला बिनाडीले गर्नुभएको थियो।
कार्यक्रममा स्वर्गीय चनाकी कुमारी चौधरीको सम्झनामा सहकारीले एक लिचीको बिरुवा पनि उहाका श्रीमान् नरेश चौधरीलाई हस्तान्तरण गरिएको थियो ।
‘समृद्धिका लागि समुदायसँगसँगै’ भन्ने मूल नारासहित सञ्चालित किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको जन्मदेखि मरणोपरान्तसम्म विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ।








प्रतिकृया दिनुहोस