कांग्रेस महाअधिवेशनमा अदालतबाट भ्रष्टाचार मुद्दामा आठ वर्ष कैद सुनाएका, करोडौं जरिवनामा परेकादेखि परिवारवाद हाबी भएका नेताहरुको बिगबिगी
काठमाडौं : नेपाली कांग्रेस १५औं महाधिवेशन आन्तरिक प्रतिस्पर्धाको चरणमा प्रवेश गरिरहँदा पार्टीभित्र निष्ठा, नैतिकता र भ्रष्ट छवि भएका पात्रहरूको दबदबालाई लिएर गम्भीर प्रश्न उठेको छ ।
विषेश महाअधिवेसनवाट सुध्रिएको काङ्ग्रेसमा भ्रष्ठाचारमा चुर्लुम्म डुवेका , अनैतिक आर्थिक क्रियाकलाप वाट अँकुत सम्पति कमाएर पार्टिकै बदनाम गराएका व्यक्तिहरुको हावि हुँदै जादा पुस्तान्तरण र रुपान्तरणको अभियानमै धक्का लाग्ने देखिन्छ ।
काङ्ग्रेसको १५ अैा महाअधिवेसनमा विधान परिवर्तन सँगै व्यापक सुधारको प्रयास नेतृत्वले गर्न खोजे पनि समाजवाट समाजिक प्रतिष्ठा गुमाएका, देखि वरिवारवाद हावि वनाएर क्षेत्र देखिनै पार्टि कव्जा गर्ने नेताहरुका कारण सिङ्गो सुध्रिएको भनिएको काङ्ग्रेस पुरानै अवस्थामा पुग्ने त हैन भनेर सभास्थल भरि नै महाअधिवसन प्रतिनिधिहरु चिन्तित भएको देखिन्छ ।
त्यस्तै दृष्यका पात्रका रुपमा निकै बदनाम व्यक्ति हुन नागार्जुन नगर पालिकाका निलम्बित मेयर मोहन बहादुर वस्नेत । भ्रष्ट्राचार निवारण आयोगले भ्रष्टाचार र अँकुत सम्पति आर्जन गरेकको आरोपमा विशेष अदालतबाट भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मुद्दामा दोषी ठहर भई कडा कैद सजाय तोकिएका नागार्जुन नगरपालिकाका निलम्वित नगर प्रमुख मोहनबहादुर बस्नेतको आन्तरिक राजनीतिमा चलखेल कायमै रहेको छ भने, अर्कातिर वडादेखि महाधिवेशन प्रतिनिधिसम्म हाबी गर्दै कव्जा गर्ने नीति लिएका वर्तमान केन्द्रीय सदस्य धर्मराज गैातमका कारण ‘परिवारवाद’ र धाँधलीका घटनाले निष्ठावान् कार्यकर्ताहरूमा व्यापक असन्तोष पोखिएको छ ।
विशेष अदालत काठमाडौंले नगर प्रमुख मोहन बहादुर बस्नेतलाई भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै कडा कैद सजाय र भारी जरिवानाको फैसला सुनाएको थियो ।
अदालतले दोषी ठहर गरेका नगर प्रमुख बस्नेतसँगको साठगाठ र आन्तरिक कब्जा शैलीलाई लिएर यतिवेला धर्मराज गैातम समेत विवादित पात्रका रुपमा परिचित भएका छन । क्षेत्र नँ ८ वाट झिनो मतान्तरले महाअधिवेसनमा निर्वाचित र अदालतबाट भ्रष्टाचारमा सजाय तोकिएका बस्नेतँगग धर्मराज गैतमको साठगाठले क्षेत्र नँ ८ र ९ निकै विवादित वन्दै गएको छ । नागार्जुन नगर समिति देखि क्षेत्रीय समितिमा नातावाद र परिवारवादलाई प्रश्रय दिइएको गैातम यतिवेला आलोचित हुन पुगेका छन ।

गैातमले भाइ भतिजाहरुलाई क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय कार्यसमिति देखि सहोदर साली विमला पौडेल गौतमलाई नगर उपसभापति बनाइएका कारण वदलिएको काङ्ग्रेसको बदनाम भएको भन्दै स्थानीय नेता तथा कार्यकर्ता आक्रोशित भएका छन । आफ्नै श्रीमती कमला पौडेललाई क्षेत्रीय प्रतिनिधि बनाइनुका साथै भाइ र भतिजाहरू गरी परिवारका करिब १० जनालाई वडा, नगर , प्रदेश र क्षेत्रसम्म विभिन्न पदहरु वाडेपछि अन्य इमान्दार नेता तथा कर्याकर्ता आक्रोशित भइरहेका छन ।
वडा, नगर हुँदै क्षेत्रसम्मै परिवारका सदस्यहरूको पकड जमाउने यस रणनीतिले वर्षौँदेखि पार्टीमा रगत-पसिना बगाएका इमानदार र निष्ठावान् नेता-कार्यकर्ताहरूलाई पाखा लगाएको भन्दै रुवाबासीको स्थितिमा पुराएको स्थानीय कार्यकर्ताहरूको गुनासो छ । भ्रष्टाचारको आरोप लागेका र विवादित छवि भएका अन्य पात्रहरू समेत केन्द्रीय नेतृत्वमा दाबी गर्न थालेपछि पार्टीभित्र थप तरंग पैदा भएको छ ।
त्यस्तै सर्लाहीका सुरेन्द्र सिँह र विरेन्द्र सिँहपनि भ्रष्टाचारआरोपित व्यक्तिहरु पनि केन्द्रीय सदस्य का उम्मेदवारि वन्न प्रचार गरेपछि सभापति गगन थापा निकै तनावमा पुगेका छन् । आम निर्वाचनमा सर्लाहीका विवादित छवि विरेन्द्र सिँह र सुरेन्द्र सिँककै कारण गगन थापाले निर्वाचन हार वोहर्नु परेको आङ्कलन पार्टिभित्र गरिएको थियो ।
अदालतबाट भ्रष्टाचारमा सजाय पाएका व्यक्तिहरूको राजनीतिक संरक्षण, तल्लो तहदेखि नै हाबी भएको कठोर परिवारवाद र विवादित पात्रहरूको केन्द्रीय राजनीतिमा हस्तक्षेपले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पूर्व नै पार्टीको नीति, निष्ठा र नैतिकतामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।
















प्रतिकृया दिनुहोस