शहिद स्मृति मावि लम्कीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

लम्की  / कैलालीको लम्कीचुहा–१, पूर्वलम्कीस्थित श्री शहीद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीको ज्ञान, तार्किक सोच, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजित शुक्रबारीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित प्रतियोगिता माध्यमिक (कक्षा ९–१०), निम्न माध्यमिक (कक्षा ६–८) र प्राथमिक (कक्षा १–५) तहमा सञ्चालन गरिएको थियो। प्रतियोगिताको माध्यमिक तहमा बर्दगोरिया सदन प्रथम, चन्द्रमौलेश्वर सदन द्वितीय र घोडाघोडी सदन तृतीय भए।

प्रथम टोलीमा सौगात थापा, गीता जैसी र रविन्द्र खड्का सहभागी थिए। द्वितीय टोलीमा विशाल बम, लक्ष्मी परियार र भुपेन्द्र परियार तथा तृतीय टोलीमा सरस्वती खनाल, विकास प्याकुरेल र सुशील विक थिए। निम्न माध्यमिक तहमा कैलाशधाम सदन प्रथम, घोडाघोडी सदन द्वितीय र बर्दगोरिया सदन तृतीय भए। प्रथम टोलीमा गीता परियार, राजेश हमाल र आचल प्याकुरेल सहभागी थिए।

 

द्वितीय टोलीमा अनुजा प्याकुरेल, प्रभुलाल न्यौपाने र प्रमोद घोडासैनी तथा तृतीय टोलीमा जयन्ती विष्ट, दिनेश विष्ट र बबिता न्यौपाने थिए। प्राथमिक तहमा बर्दगोरिया सदन प्रथम, कैलाशधाम सदन द्वितीय र घोडाघोडी सदन तृतीय भए। प्रतियोगिताको समग्र संयोजन अतिरिक्त क्रियाकलाप संयोजक पूर्ण प्रसाद देवकोटाले गरेका थिए।

कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न सहायक प्रधानाध्यापक नरेश थापाले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। शिक्षक तथा कर्मचारीहरूको समन्वय र सहयोगमा प्रतियोगिता उत्साहपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ। विजेता तथा सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयले आगामी दिनमा पनि यस्ता अतिरिक्त तथा सिर्जनात्मक क्रियाकलापमा सक्रिय सहभागिताका लागि विद्यार्थीलाई प्रोत्साहित गरेको छ।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको सामान्य तथा विषयगत ज्ञानसँगै स्मरणशक्ति, तार्किक सोच, नेतृत्व क्षमता, सहकार्य, निर्णय क्षमता र आत्मविश्वास विकासमा सहयोग पुर्‍याउँछन्। कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारिक तथा प्रतिस्पर्धात्मक गतिविधिसँग जोड्दै विद्यार्थीको प्रतिभा पहिचान र व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।

 

 

 

 

प्रतिकृया दिनुहोस