सुदूरपश्चिम लगायत विभिन्न प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना
लम्की / आज कैलाली लगायत देशभर केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । अहिले कैलालीको धनगढी लगायत केही ठाँउमा पानी परिरहेको छ । प्रदेशका अन्य जिल्लाका विभिन्न ठाउँमा समेत पानी परिरहेको छ । कैलालीको आकाशमा कालो बादल लागि रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षा÷हिमपातको पनि सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म पानी पर्नेे सम्भावना छ ।
राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ठूलो पानी परेकोे मानिन्छ भने १०० देखि २०० मिलिमिटर पानी पर्नुलार्ई धेरै ठूलो पानी परेको र २०० भन्दा धेरै पानी पर्नुलार्ई ठूलो पानी परेकोे मानिन्छ ।
तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म पानी पर्नेे सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको पानी सहित÷हिमपातको सम्भावना छ। देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।
कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा
पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै ठूलो पानी परेकोे छ । पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै ठूलो पानी परेका मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१.४ मिलिमिटर पानी परेको मापन भएको छ ।
यस्तै डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७.८ मिलिमिटर पानी परेको मापन भएको महाशाखाले जनाएकमो छ । उता तराईको सिरहामा पनि भारी पानी परेको छ, जहाँ ९० मिलिमिटर पानी मापन भएको महाशाखाले जनाएको छ ।









प्रतिकृया दिनुहोस