कांग्रेस कैलाली क्षेत्र नं. २ मा १५औँ महाधिवेशनका लागि जिम्मेवारी बाँडफाँट

लम्की / कांग्रेस कैलाली क्षेत्र नं. २ मा १५औँ महाधिवेशनका लागि जिम्मेवारी बाँडफाँट लम्की । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनलाई सफल, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले कैलाली क्षेत्र नं. २ मा विभिन्न तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारी बाँडफाँट गरिएको छ।

 

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता कमलबहादुर शाहले क्षेत्रीय अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न व्यक्तिलाई संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको हो।

 

जिम्मेवारी पाउनेमा कैलाली क्षेत्र नं. २ संयोजकमा रामबहादुर विष्ट, लम्कीचुहा नगरपालिका संयोजकमा कृष्णप्रसाद धमाला, बर्दगोरिया गाउँपालिका संयोजकमा प्रमोद मल्ल, मोहन्याल गाउँपालिका संयोजकमा पीरम बुढा र जानकी गाउँपालिका संयोजकमा गोविन्द विष्ट रहनुभएको छ।

त्यसैगरी क्षेत्र नं. २ अन्तर्गतका विभिन्न वडा तहमा समेत संयोजक तथा अन्य जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ। लम्कीचुहा नगरपालिका–१ को संयोजकको जिम्मेवारी प्रयागराज खनाललाई प्रदान गरिएको छ।

 

जिम्मेवारी प्राप्त संयोजकहरूले अधिवेशनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक समन्वय, सहकार्य र संगठनात्मक अनुशासन कायम गर्दै काम गर्ने अपेक्षा गरिएको छ।

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहको वडा अधिवेशन असोज १५ गतेदेखि सञ्चालन हुने जनाइएको छ। यसअघि कांग्रेसको थापा समूहको वडा अधिवेशन सम्पन्न भइसकेको छ। महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. २ मा पछिल्लो समय राजनीतिक गतिविधि तथा आन्तरिक तयारीसमेत तीव्र हुँदै गएको छ।

 

प्रतिकृया दिनुहोस