बालकल्याण माविको अभिभावक भेला सम्पन्न, शिक्षक–अभिभावक संघको अध्यक्षमा रसाइली
लम्की / कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर बुढाको सभापतित्वमा भएको सम्पन्न भएको भेलाकाे प्रमुख अतिथि लम्कीचुहा नगरपालिका–१ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो , भने विशिष्ट अतिथिमा विद्यालयका संस्थापक अध्यक्ष चन्द्रप्रसाद जैशी र लम्कीचुहा नगरपालिका शिक्षा शाखाका प्रतिनिधि प्रकाश धमाला रहनुभएकाे थियो ।
कार्यक्रममा वडा अध्यक्ष खनाल, शिक्षा शाखाका प्रतिनिधि धमाला, विद्यालयका संस्थापक अध्यक्ष जैशी, आमा समूहकी पूर्व अध्यक्ष लक्ष्मी न्यौपाने तथा अभिभावक खिमबहादुर रसाइलीले मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक धर्मा न्यौपाने, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा निम्न माध्यमिक तहका शिक्षक वीरेन्द्रकुमार शाहीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका निमित्त प्रधानाध्यापक शिवबहादुर थापाले गर्नुभएकाे थियोे ।
भेलाले खिमबहादुर रसाइलीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरेको छ। संघका सदस्यहरूमा सविता धमाला, इन्द्रा बुढाथोकी, नर्मा भण्डारी, लालसरा विक, प्रेमबहादुर बोहरा, लोकेन्द्र नेपाली, कमला तिमिल्सैना र डल्लु दमाई रहेका छन्। त्यस्तै, शिक्षक प्रतिनिधिमा निर्मला भण्डारी र सदस्य–सचिवमा विद्यालयका निमित्त प्रधानाध्यापक शिवबहादुर थापा चयन भएका छन्।
यसैगरी, भेलाले लोकसरा देवकोटाको अध्यक्षतामा १८ सदस्यीय आमा समूहसमेत गठन गरेको छ। आमा समूहको उपाध्यक्षमा नम्रता विक चयन भएकी छन् भने सदस्यहरूमा मिना चलाउने, बिमला सञ्ज्याललगायत रहेका छन्।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता तथा विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अभिभावक भेला आयोजना गरिएको विद्यालयले जनाएको छ।







प्रतिकृया दिनुहोस