मुख्यमन्त्री कमलबहादुर शाहद्वारा बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

कैलाली  /  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरि बडीमालिका-रामारोशन बन संरक्षण क्षेत्र घोषणा गर्नुभएको छ ।

 

बुधबार धनगढीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ को दफा २६ (१) बमोजिम बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरि बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

 

मुख्यमन्त्री शाहको अध्यक्षतामा श्रावण १९ गतेको बसेको मन्त्री परिषद्‌को बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

 

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं. ५, ६,७ र ८, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वडा नं. ५,६,७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं. १ र २, तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वडा नं. ४,५ र ६ सहितको जम्मा ४९८.४ वर्ग कि.मी. क्षेत्र समावेस गरिएको छ ।

प्रतिकृया दिनुहोस