कैलालीमा प्रकृतिमा आधारित समाधान एनविएस कार्यक्रमअन्तर्गत जिआइएस सम्बन्धी तीनदिने तालिम सम्पन्न
लम्की / नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा प्रकृतिमा आधारित समाधान ९ल्बतगचभ(दबकभम क्यगितष्यलक–ल्दक्० कार्यक्रमअन्तर्गत भौगोलिक सूचना प्रणाली एनविएस सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
प्राकृतिक विपद् तथा जलवायुजन्य जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा प्रकृतिमा आधारित समाधानको महत्वपूर्ण भूमिका रहने भएकाले परियोजनाका गतिविधिलाई थप प्रभावकारी र तथ्यमा आधारित बनाउन न्क्ष्क् प्रविधिको प्रयोगसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री राकेश हमालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न तहका पदाधिकारी, परियोजनाका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उप–कोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका ल्दक् कार्यक्रमका कार्यक्रम व्यवस्थापक तथा नेपाल रेडक्रस सोसाइटीका डेपुटी डाइरेक्टर अमरमणि पौडेल, ल्दक् कार्यक्रम कैलालीका कार्यक्रम संयोजक गौरीलाल बुढाथोकी लगायतका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
तालिममा परियोजना लागू भएका ५ वटा पालिकाका क्ष्त् अफिसर तथा परियोजनाका कर्मचारीहरू सहभागी भएका थिए। सहभागीहरूलाई न्क्ष्क् को आधारभूत अवधारणा, भौगोलिक तथ्याङ्कको व्यवस्थापन, नक्साङ्कन तथा परियोजनाका गतिविधिमा न्क्ष्क् प्रविधिको प्रयोगलगायतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो।
तालिमको सहजीकरण निरोज तिमिल्सेना र मुकेश गौतमले गर्नुभएको थियो। सहजीकरणका क्रममा न्क्ष्क् प्रविधिलाई स्थानीय तहमा उपलब्ध तथ्याङ्क तथा सूचनासँग जोडेर विपद् जोखिम पहिचान, जोखिम क्षेत्रको नक्साङ्कन, प्राकृतिक स्रोतको व्यवस्थापन तथा परियोजना कार्यान्वयनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई अभ्याससमेत गराइएको थियो।
कार्यक्रममा बोल्दै सहभागी तथा सरोकारवालाहरूले अहिलेको समयमा तथ्याङ्कमा आधारित योजना निर्माण, जोखिमको पहिचान र प्रभावकारी निर्णय प्रक्रियाका लागि न्क्ष्क् प्रविधि अत्यन्त उपयोगी रहेको बताएका थिए। विशेषगरी जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, डुबान, पहिरो, नदी कटानलगायतका जोखिमको पहिचान तथा न्यूनीकरणका लागि स्थानीय तहमा न्क्ष्क् को प्रयोगलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
प्रकृतिमा आधारित समाधान ९ल्दक्० ले वातावरणीय प्रणालीको संरक्षण, पुनर्स्थापना तथा दिगो व्यवस्थापनमार्फत मानव समुदाय तथा वातावरण दुवैलाई लाभ पुर्याउने भएकाले यससँग सम्बन्धित परियोजनाका गतिविधिमा स्थानीय तह, रेडक्रस तथा अन्य सरोकारवालाबीचको समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
तालिमले परियोजना लागू भएका पालिकाका प्राविधिक तथा परियोजना कर्मचारीहरूको न्क्ष्क् सम्बन्धी ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा परियोजनाका गतिविधिलाई थप व्यवस्थित, प्रमाणमा आधारित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा समुदायको उत्थानशीलता विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ल्दक् कार्यक्रमअन्तर्गत सञ्चालन भएको यस प्रकारको प्राविधिक तालिमले स्थानीय तहमा उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गरी प्राकृतिक तथा जलवायुजन्य जोखिमको व्यवस्थापनमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले न्क्ष्क् प्रविधिको प्रयोगात्मक अभ्याससमेत गरेका थिए। तालिमको समापनसँगै सहभागीहरूले प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै परियोजनाका गतिविधि र स्थानीय तहको योजना तथा विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

..jpeg)






प्रतिकृया दिनुहोस