देश

radiopaschimaawaz

देशभरी शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

नेपाल बाल विकास शिक्षक संघर्ष केन्द्रिय समितिको निर्णय अनुसार बाल विकास शिक्षकका विभिन्न सात बुदे माग राख्दै आज देशभरी शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाइएको छ । संघर्षका कार्यक्रम अनुसार नेपाल बाल विकास शिक्षक समिति कैलालीले कैलाली जिल्लामा समेत आज ज्ञापन पत्र बुझाएको छ । नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैना, सात नम्बर प्रदेश अध्यक्ष लक्ष्मी भट्ट, प्रदेश सचिव निर्मला गिरी, जिल्ला उपाध्यक्ष गीता रावल कुवर, जिल्ला कोषाध्यक्ष चक्र बयक, जिल्ला सहसचिव पार्बती धमाला लगायतका बाल विकास शिक्षकहरुको उपस्थितिमा कैलालीका शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टलाई ज्ञापन पत्र बुझाएका हुन । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापन पत्र बुझाउनु अघि नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाले बाल विकास शिक्षकका माग र संघर्षका कार्यक्रम पढेर सुनाउनु भएको थियो । उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टले बाल विकास शिक्षकका माग सम्बोधनका लागि आफुले पहल गर्ने बताउनु भएको थियो । ज्ञापन पत्रमा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत बाल विकास शिक्षकलाई दरबन्दीमा समावेश गर्नुपर्ने , प्राथमिक तहका शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने , बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुदे माग उल्लेख गरिएको छ । संघर्षका कार्यक्रम अनुसार आज देशभ

details
radiopaschimaawaz

बल्चौर देखि चिसापानी सम्म बिृक्षारोपण कार्य शुरु ।

कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौर देखि चिसापानी सम्म बृक्षारोपण कार्य शुरु भएको छ । बातावरणिय पर्यावरणलाई सन्तुलित राख्नका साथै यस क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई देशैभर चिनाउनको लागि बल्चौर देखि चिसापानी सम्म सड्क किनाराका साथै रानी जमरा कुलरीया सिचाई आयोजनाको नहरको छेउछाउमा विभिन्न १० प्रजात

details
radiopaschimaawaz

बर्षाै सम्म पुल नबन्दा आवत जावातमा समस्या

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको बरर्दगोरिया गाउ पालीका वडा नं. ३ रानिकुण्डाको नदिमा पुल नबन्दा आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको बर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्मार्थी लगाएत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो । चुरे पहाडबाट बगेर आउ

details

धनगढी जाँईमा हुने ‘हरेरी महोत्सव २०७५’ तयारी तिब्र

धनगढी २९ साउन / सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई ‘हरेरी महोत्सव २०७५’ लगाउने तयारी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईका थारु समुदायहरुले जाइँको देउथानमा ‘हरेरी महोत्सव २०७५’को तयारी सरु गरेका छन् । हरेरी महोत्सव

details
radiopaschimaawaz

भूमिहिनको समस्या समाधान गर्न कानुन बनाउछौं ः नगरप्रमुख वड

धनगढी,२९ साउन /धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले भूमिहिनको ब्यबस्थापनका लागि चाँडै कानुन बनाउने बताएका छन् । भूमिहिनहरुको प्रदेश नं ७ स्तरीय अन्तरसंवाद कार्यक्रमको मंगलबार उद्घाटन गर्दै नगरप्रमुख वडले स्थानीयमा लागि सूचिवद्ध २२ वटा एकल अधिकार मध्य भूमिको ब्यबस्थापन गर्ने कुरो पनि रहेको ब

details
radiopaschimaawaz

“मेरो छोरालाई घुँडामुनि गोली हानेर समातेको भएनी हुन्थ्यो, नमारेको भए हुँदैन थियो र?”

काठमाण्डौ साउन २९ / यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाक

details
radiopaschimaawaz

कर्णालीनदी कटानले टीकापुर बाढीको उच्चजोखिममा

टीकापुर नगरपालिकाको वडा नंं ५ शाहीपुरमा कर्णाली नदीबाट भइरहेको कटान रोक्न स्थानीय जैविक तटबन्ध गरिरहेका छन् । वर्षातको कारण कर्णालीनदीले शाहीपुरमा कटानलाई तिव्रतादिदा बाढीको उच्चजोखिम बढेको हो । नदीले कर्णालीशाहीपुर सामुदायिकबनमा बाढी नियन्त्रणको लागिलगाएको तटबन्ध कटान गर्दै जादा टीकापुर नगरापालिकाव

details
radiopaschimaawaz

कैलालीमा फेरी बलात्कारको प्रयास भएको घट्ना बाहिरीयो

पछिल्लो समयमा बलात्कार,हत्या र जबरजस्तीकरण का घटनामा दिन प्रतिदिन बृद्धि भैरहेको अवस्थामा कैलालीमा फेरी बलात्कारको प्रयास गरीएको घटना बाहिर आएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया तारादेवी ताम्राकारले आफुमाथि गाउ“कै एक युवाहरुको समुहले साउन २५ गते राति बल्लात्कारको

details
radiopaschimaawaz

हातहतियार सहित सञ्चारमाध्याम भित्र प्रबेश गरि धरपकड गरेको भन्दै चौतर्फि विरोध ।

देवानन्द न्यौपाने लम्की कैलाली बैशाख ३० / सामुदायिक रेडियो पश्चिम आवाज लम्कीको स्टुडियामा अन्तरबार्ता दिई रहेको समयमा प्रहरीले प्रक्राउ गरि प्रेस स्वतन्त्रको धज्जी उढाएको भन्दै चौतर्फि विरोध भएको छ । सामुदायिक रेडियो पश्चिम आवाज प्रशासन शाखा, लम्की सञ्चार समुह, नेपाल पत्रकार महासंघ कैलाली शाखा, न

details
radiopaschimaawaz

सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सुरु

राजेन्द्र रावल बैशाख १४,बौनीया“ शुक्रबार देखि बर्दगोरीया गाउपालिका वडा नम्बर दुइमा रहेको होटल हाइवेप्लाजाको सभाहलमा बर्दगोरिया गाउपालिका र नयायिक समिती बर्दगोरिया को आयोजनामा सामुदायिक मेलमिलाप कर्ता र बर्दगोरिया न्यायीक समितीका सदस्य र पदाधिकारी हरुकालगी आयोजीत ड दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बर्दगोरिया गाउपालिका उपाधयक्ष एवम बर्दगोरिया गाउपालिका स्तरीय न्यायीक समिती संयोजक भगवती देबि डगौरा थारुको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रमका प्रमुख अथिती बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम डगौरा थारु रहनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थारुले न्यायिक समितीका सदस्य र सामुदायिक मेलमिलाप कर्ताहरुलाई यो तालीम पश्चात राज्यको निती नियम अनुसार न्यायिक समस्या समिाधान गर्न सहज हुने कुरामा आफ्नो ठम्याइ रहेको बताएका थिय । कार्यक्रममा बर्दगोरीया पत्रकार माहासंघ प्रदेस नम्बर सातका सभासद लिलाजेग शाही,वडा नम्बर छ का वडा अध्यक्ष रामकृष्ण डगौरा (रञ्जीत),वडा नम्बर चारका अध्यक्ष पुरन सिह बि.सी,वडा नम्बर एक का अध्यक्ष जयरुप खतिवडाले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरेका थिय ।बर्दगोरिया गाउपालिका स्तरीय न्यायीक समिती सदस्य राज कुमार चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिती सदस्य टंक ओलीले गरेका थिय । कार्यक्रममा सहभागी करीब ३० जना बर्दगोरिया गाउपालिका स्तरीय न्यायीक समिती सदस्य र सामुदायिक मेलमिलाप कर्ता हरुलाई अधिवक्ता द्धय रोहित देउवा र गणेश कठायतले प्रशिक्षण दिइरहनु भएको छ । बर्दगोरिया गाउपालिका न्यायीक समितीले दिएको जानकारी अनुसार न्याय सम्बन्धी आधारभुत प्रशिक्षण यो प्रदेसकै पहिलो बर्दगोरिया गाउपालिकामा भएकोबताइएको छ ।यो प्रशिक्षण पश्चात आफुहरुलाइ न्यायीक बिषयमा आउने बिभीन्न किसीमका समस्याहरुलाइ सम्पादन गर्न आफुहरु सफल हुने बिश्वास रहेको न्यायीक समिती सदस्य टंक ओलीले बताए । बर्दगोरिया गाउपालिका मा हाल सम्म २३ वटा बिभीन्न प्रकृतीका मुद्दा हरु आएको र ति मध्य करिब १३ वटा आफुहरुले सम्पादन गरीसकेको सामेत बर्दगोरिया गाउपालिका न्यायीक समिती संयोजक भगवति डगौरा थारुले बताएकि छन् ।

details
radiopaschimaawaz

बिद्यार्थी भर्ना सम्बन्धी सुचना तथा परामर्श कार्यक्रम बौनीयामा

राजेन्द्र रावल, बौनीया बैशाख १२ / बसन्त मुरारी माध्यमीक बिद्यालय बर्दगोरिया गाउपालिका १ बौनीयाको आयोजना र UKaid तथा Mercy Corps को आर्थीक सहयोग तथा Base को सहकार्यमा सञ्चालीत सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग STEM परीयोजना अन्र्तगत को एक दिने बिद्यार्थी भर्ना सम्बन्धी सुचना तथा परामर्श कार्

details
radiopaschimaawaz

टोल सुधार समितिको अगुवाईमा सरसफाई कार्यक्रम ।

देवानन्द न्यौपाने बैशाख १२ / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ अन्तरगत गठित भल्का टोल सुधार समितिले आज सरसफाई कार्यक्रम गरेको छ । वडा नम्बर २ को भल्का स्वाथ्य चौकी देखि शुरु भएको सरसफाई कार्यक्रम टोलभित्रका बिभिन्न घर अगाडि भएको फोहोर मैला उठाउदै टोल सुधार समितिले सरसफाई गरेको टोल संयोजक खगे

details
radiopaschimaawaz

मदनराज कठायत द्धारा क्यान्सर पिडितलाई करीब डेढ लाख रकम सहयोग

देवानन्द न्यौपाने बैशाख १२ / आन्द्राको क्यान्सर रोग बाट पिडित कैलालीको महोन्याल वडा नम्बर ७ कुईनेका ५ बर्षिय बालक आरएन माझिलाई अमेरीकामा रहेका एक नेपाली युवकले बुधबार डेढ लाख बराबर नगद उपचार सहयोग गर्नु भएको छ । काठमाण्डौमा रहेको कान्ति बाल अस्पतालको बेडमा करीब ३ महिना देखि उपचार गराई रहनु भएका क

details
radiopaschimaawaz

वितिय कारोबार गर्ने सबै संस्थालाई प्रदेश सरकारले एकै किसिमको कानुन बनाएर लागु गर्ने ः मन्त्री बोहोरा ।

बैशाख ११ लम्की,कैलाली सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले वितिय कारोबार गर्ने सबै संस्थालाई प्रदेश सरकारले एकै किसिमको कानुन बनाएर लागु गर्ने बताउनु भयो । किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीको ५ औं बार्षिक उत्सव कार्यक्रमको आज कैलालीको लम्कीमा उद्घाटन गदै मन्त्री बाहोराले यस क्षेत्रका वितिय संस्थाहरुले लामो समय देखि लड्दै आएको विभेद् प्रदेश सरकारले हटाएको बताउनु भयो । कार्यक्रममा बोल्दै सहकारी संघका राष्ट्रिय प्रतिनिधि खडानन्द सापकोटाले छोटो समयमा किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीले ठुलो फड्को मार्न सफल भएको भन्दै धन्यबाद समेत दिनु भएको थियो । सिमित पुजिमा सञ्चालन भएको वितिय संस्थाले अहिले प्रदेश नम्बर ७, ६ र ५ का अधिकाशं जिल्लामा आफ्नो शाखा विस्तार गरी विपन्न बर्गका परिवारको जिवनस्तर माथि उठाई रहेको बताउदै अझै नागरीकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्ैद किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीका संञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशिले बिभिन्न वितिय कारोबार गर्ने विकास बैंक लगायतका संस्थालाई सरकारले कर समेत केहि मात्रामा छुट गर्ने भएको भएपनी लघुविक्त कार्यक्रम सञ्चालन गर्ने वितिय संस्था विशुद्ध रुपमा सामाजिक सेवामा समेत रहेकाले सरकारले विभिन्न किसिमका कर लादि अन्याय गरेको बताउनु भयो । कार्यक्रममा किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले १ करोड २० लाख पुजिमा सञ्चालन भएको लघुविक्तले अहिले ५ बर्षको अवधिमा करीब ६ करोड पुजि पुर्याएको बताउनु भयो । किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीले आजै ५ औ बार्षिक उत्सवको अवसर पारेर आफ्नै भवनको समेत सिलान्यास गरेको छ । बलियामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले कैलाली, अछाम, डोटी, दैलेख, बझाङ्ग बाजुरा, रोल्पा, रुकुम, सल्यान लगायत ४० जिल्लामा आफ्ना शाखा कार्यालय मार्फत सेवा प्रबाह गदै आएको छ ।

details
radiopaschimaawaz

लम्की चुहा नगरपालिकामा शिक्षा भैपरी प्राविधिक समुह गठन

नेत्र प्रसाद न्यौपाने लम्की,वैशाख १० लम्की चुहा नगरपालिकाको आयोजनामा विपद जोखिम न्युनिकरण तथा विदयालय सुधार परियोजना अन्तगर्त सरोकारवालहरु संगको नक्साङ्कन कार्यक्रम सोमबार लम्कीको होटल मुनबुन भिल्लामा सम्पन भएको छ । लम्की चुहा नगरपालिकाकी उप प्रमुख टिका थापा को सभापतित्वमा भएको कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम, लम्की चुहा नगरपालिका स्तरीय विपद जोखिम न्युनिकरण समितिका संयोजक उजिर सुनार, लम्की चुहा नगरपालिका विपद जोखिम न्युनिकरण कार्यक्रमका फोकल प्रसन विष्णु खनाल, लम्की चुहा नगरपालिका भित्र रहेका संघसंस्था नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा, लम्की जेसीज लाइन्स कल्ब लम्की, नगर बालसंरक्षण तथा सम्बद्र्धन समिति, सुहारा,बेस,सेवक नेपाल हरियोवन,फाया नेपाल,असल छिमेकी नेपाल लगायतका संघ संस्था का प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संघसंस्थाले विपद जोखिम न्युनिकरण सम्बन्धी आफनो संस्थाले गरेका कामहरु र आगामी योजना समेत प्रस्तुत गरेका छन । सरोकारवालको समुहले लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्टको संयोज्क्तवमा ९ सदस्यि लम्की चुहा नगरपालिकामा शिक्षा भैपरी प्रविधिक समुह गठन गरेको छ । जसको सदस्यमा लम्की चुहा नगरपालिकाका सोत व्यत्ती टिकाराम जोशी, लम्की चुहा नगरपालिका महिला बालबालिका प्रमुख कोकीला शाही,लम्की चुहा नगरपालिका विपद जोखिम न्युनिकरण कार्यक्रमका फोकल प्रसन विष्णु खनाल, लम्की चुहा नगरपालिका स्तरीय विपद जोखिम न्युनिकरण समितिका संयोजक उजिर सुनार,नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका उप सभापति विनोद अचार्य,लम्की जेसीजका अध्यक्ष राम बहादुर बोगटी,सेवक नेपाल सेफवास दोस्रो परियोजना समाजिक परिचालिका भागीरथी रेग्मी, र सामाजिक विकासका लागी सचेत समाज धनगढीका कायृक्रम अधिकृत प्रेमलाल कुश्मी रहनुभएको छ । यस्तै लम्की चुहा नगरपालिकाकी उप मेयर टिका थापा को अध्यक्ष्यतामा ३ सदस्यि सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको सदस्यमा लम्की च’हा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम र लाइन्स कल्ब लम्कीका अध्यक्ष उमेश तिमिल्सेना रहनुभएको छ । कार्यक्रमको सहजिकरण लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्ट,स्रोत व्यक्ति टिकाराम जोशी,वल्र्ड भिजन ईन्टरनेशनलका केन्द्रीय संयोजक जय प्रजापति,वल्र्डभिजनका नित्यानन्द पाण्डे,लेगर्नु भएको थियो । युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगत सरोकारवालाहर संगको नक्साङ्कन कार्यक्रमको सन्चालन सामाजिक विकासका लागी सचेत समाज धनगढीका कायृक्रम अधिकृत प्रेमलाल कुश्मीले गर्नुभएको थियो ।

details
radiopaschimaawaz

लम्की साना सहरी खानेपानी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न ।

देवानन्द न्यौपाने लम्की चैत्र २५ / लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौ बार्षिक साधारण सभा कैलालीको लम्कीमा शनीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सात नम्बर प्रदेशका सांसद रतन बहादुर थापा रहनु भएको थियो । भने कार

details
radiopaschimaawaz

घोडाघोडी मिडिया गुप्र (विन्दास मिडिया) को आयोजनामा ‘विन्दास मिडिया अवार्ड’ २०७५ हुने

कैलाली ,चैत्र १७ थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले धनगढीमा विन्दास मिडिया अवार्ड २०७५ हुने भएको छ । घोडाघोडी मिडिया ग्रुप (विन्दास मिडिया) को आयोजनामा बैशाख २१ गते अवार्ड वितरण कार्यक्रम हुने भएको हो । अवार्डको लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेकाहरुलाई अवार्डको लागि निशुल्क आवेदनको लागि आहृवान गरिएको छ । एसएमएस भोटिङ प्रक्रियामार्फत प्रतियोगीहरुलाई छनौट गरी पुरस्कृत गरिने घोडाघोडी मिडिया ग्रुपका संयोजक हरेन्द्र चौधरीले जनाए । उनको अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष÷महिला), लोक गीत गायन (महिला÷पुरुष), पप गायन (महिला÷पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने भएको छ । साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारितालगायत ३५ विधामा अवार्ड वितरण गरिने संयोजक चौधरीले जानकारी दिए ।

details
radiopaschimaawaz

३५ दिने सह योग शिक्षक प्रशिक्षण तालिम तथा दिक्षान्त समरोह सम्पन

कैलालीको जानकी गाउपालिका १ दुर्गौलीमा ३५ दिने सह योग शिक्षक प्रशिक्षण तालिम तथा दिक्षान्त समरोह सम्पन भएको छ ।फाल्गुन ११ गते देख िसुरु भएको योग प्रशिक्षण तालिम शनिवार अग्नी होत्र गर्दै सम्पन गरिएको छ । जानकी गाउपालिका स्तरीय पतंजली योग समिती,गाउपालिका स्तरिय महिला पतंजली योग समित,गाउपालिका स्तरिय युवा प्रभारी योग समितीको अयोजना तथा जिल्ला पतंजली योग समितिको सहयोगमा योग प्रशिक्षण कार्यक्रम भएको हो । गाउपालिका स्तरिय पंतजली योग समितीका अध्यक्ष जित बहादुर चौधरीको सभापतितवमा भएको कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय प्रभावरी लबदेब मिश्र प्रमुख अतिथी रहनुभएको थियो । कर्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय प्रभवरी मिश्रले योगले मानिस शारिरिक र मानसीक रुपमा स्वास्थ्य हुनाका लागी योग गर्नुपर्ने र मानिस रोगले ग्रस्त भएका मानिसले पनि योग गर्ने जरुरी रहेको बताउदै मानिसले जसरी नुहाउने तथा अनय नित्यकर्म गर्छ त्यसरी नै योग गर्नुपर्ने बताउनुभएको थियो । कर्यक्रममा सहभागि लम्की चुहा नगरपालिका दुर्गा आधारभुत प्रथामिक विद्यालयका शिक्षक भोजराज चौधरीले ३५ दिने योगमा प्रशिक्षण लिएपछि आफनो जिवनमा अक्लपनिय परिवर्तन ल्याएको बताउदै सबैलाई योग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमका प्रशिक्षक समेत रहनु भएको पंतजली योग समिति कैलालीका युवा प्रभारी ठम्मन बमले सात नम्बर प्रदेशमा योग शिक्षा लाई गरुकुलिय संस्कारको विषयका रुपमा बस्नुपर्ने र अबका बालबालिकाले हाम्रो पौराण्ीक संस्कार योग र हिन्दुय मुल्य मान्यतालाई र्विसेकोमा दुख व्यत्त गर्दै ३५ दिने योग शिविर बाट प्रशिक्षती तथा दिक्षित सम्पुर्ण योग शिक्षकले अब विद्यालयमा योग शिक्षा प्रयोगातमक रुपमा दिने बताउनुभएको छ । जानकी गाउपालिका स्तरिय सोत्र केन्द्र अन्तगर्तका सामुदायिक तथा निजी विद्यालयका शिक्षक शिक्षीका तथा स्थानियहरुका लागी तालिम सन्चालन गरिएको बताईएको छ । पछिल्लो समयमा योगका शिवर तथा प्रशिक्षण तालिम तथा शिविर चलिरहदा जानकी गाउपालिकामा विद्यालयका सह योग शिक्षकका लागी ३५ दिने शिविर सन्चालन गरिएको छ । अहिले विद्यालयमा आधारभुत तहमामा विषयगत रुपमै योगको पाठ पढनुपर्ने भएकाले सह योग शिक्षक तालिमको आयोजाना गरिउको जानकी गाउपालिका स्तरिय पतंजल ियोग समितलिे जनाएको छ । योग अब बाल्य अवश्था देख िनै सुरु गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको पतंजली योग समिती कैलालीका युवा प्रभारी ठम्मन बमको भनाई रहेको छ । समापन कार्यक्रममा पतंजली योग समिति कैलालीका युवा प्रभारी ठम्मन बम, पतंजली योग समिति कैलालीका साहित्यक प्रभारी कानती ज्ञवाली, वरिष्ठ योग शिक्षक दिर्घराज गीरी, पतंजली योग समिति कैलालीका महिला प्रतिनिधी पुष्पा कुवर,युवा सदस्य साहनु चौधरी लगायतकाले बोलनु भएको थियो । ३५ दिन सम्म सनचालन भएको योग शिविरमा जानकी गाउपालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालय तथा स्थानिय गरी २९ जनाको सहभागिता रहेको थियो । आजै तालिमा उत्कृष्ट सम्पुर्ण लाई केन्द्रिय प्रभारी लबदेब ले दिक्षान्त समेत गर्नुभएको थियो । जसमा सविता चौधरी प्रथम,दल बहादुर दर्लामी र राम कठरिया दितिय र जित बहादुर चोैधरी तृतिय स्थान हासिल गर्नुभएको थियो । जानकी गाउपालिकाको वडा नम्बर १ दुर्गौलीमा २०६४ साल देखी सन्चालन हुदखै आएको योग प्रशिक्षण तथा योग शिविर निरन्तर चल्दै आएको योग प्रशिक्षण कार्यक्रममा सहभागी विर बहादुर चौधरीले बताउनुभएको छ ।

details

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by