श्रीलंकाद्वारा स्कटल्याण्डसामु ३६४ रनको लक्ष्य पेश ।

 

२७ फागुन, काठमाडौं । विश्वकप क्रिकेटको समुह ‘ए’ को आफ्नो अन्तिम खेलमा श्रीलंकाले स्कटल्याण्डसामु ३६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
CRICKET-WC-2015-SCO-SRI

  • दोस्रो विकेटका लागि १९५ रनको साझेदारी गरेका कुमार सांगाकारा र तिलकरत्ने दिलसान । तस्वीर : एएफपी

अष्ट्रेलियाको होबार्टमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले कुमार सांगाकारा र तिलकरत्ने दिलसानको शतक मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३६३ रन जोड्यो ।

ओपनर लाहीरु थिरमानेलाई ४ रनमै गुमाएको श्रीलंकाको इनिङ दुई लेजेन्ड ब्याट्सम्यानहरु सांगाकारा र दिलसानले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि १९५ रनको साझेदारी गरे ।

कुमार सांगाकारा १२४ रनमा तथा दिलसानले १०४ रनमा आउट भए । सांगाकाराको जारि विश्वकपको चौथो सतक हो भने दिलसानको जारी विश्वकपको दोस्रो सतक हो ।

त्यस्तै कप्तान एन्जेलो म्याथुले २१ बलमै ५१ रन बनाए ।

स्कटल्याण्डका जोश डेभिले ३ तथा रिचि ब्यारिङटन र एलिस्डार इभान्सले समान २-२ विकेट लिए ।

 

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by