कैलाशधाम तीर्थ स्थलको १९ औं बार्षिक साधारण सभा सम्पन्नं/अध्यक्षमा पुनः रिमाल सर्बसम्त रुपमा चयन ।

img-featured

 
 
 
 
देवानन्द न्यौपाने असोज १३ लम्की / विश्व हिन्दु एकता परिषद् नेपाल कैलाशधाम तीर्थ स्थलको १९ औं बार्षिक साधारण सभा आज बल्चौरमा सम्पन्नं भएको छ । कैलाशधाम तीर्थ स्थलका अध्यक्ष लक्ष्मीराम रिमालको सभापतित्वमा भएको साधारण सभाका प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने रहनु भएको थियो । भने विशिष्ट अतिथीमा नेपाली सांस्कृतिक परिषद् भारतका अध्यक्ष हर्क बहादुर स्वा“र रहनु भएको थियो ।  
 
संस्थाका प्रबक्ता धिरज शाहीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य प्रेम बहादुर चौधरी, किसान सहकारी संस्था लिमिटेड लम्कीका अध्यक्ष सुरेन्द्र कुमार शाह, सामुदायिक रेडियो पश्चिम आवाजका अध्यक्ष बुद्धिप्रसाद खनाल, समाजसेवि टेक बहादुर शाही, नर बहादुर कुमाल, रंगनाथ भाट, राधाकृष्ण चौधरी लगायतका वक्ताले शुभकामना मन्तब्य दिनु भएको थियो ।
 
 कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मिराम रिमालले कैलाशधाम तीर्थ स्थलमा निमार्णधिन अवस्थामा रहेको अष्टोक्तरसत् मन्दिरको निमार्ण कार्य शुरु भएको आर्थिक बर्ष २०७०÷०७१ देखि आर्थिक बर्ष २०७४÷७५ सम्मको कुल  आम्दानी खर्चका साथै धार्मिक परिसर भित्र निमार्ण भएका सुबिधा सम्पन्नं बृहत गौशाला, काञ्जी हाउस, सत्संग भवनहल, खानेपानी धारा, पर्खाल निमार्णमा खर्च भएको तथा निमार्णका लागि सहयोगको रुपमा नगद तथा सहयोग एवम् निमार्ण सामग्री  प्राप्त भएको कुल १ करोड्, ३१ लख, ३२ हजार, ९ सय ६६ रुपैया ३२ पैसा बराबरको आयब्याय आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
 
  कार्यक्रममा बोल्दै नेपाली सांस्कृतिक परिषद् भारतका अध्यक्ष हर्क बहादुर स्वा“रले हिन्दु धर्ममाथि विभिन्न बहानामा आक्रमण भैरहेकाले त्यसमा सबै गम्भीर हुन आग्रह गर्नु भएको थियो । हिन्दु राष्ट्र स्थापनाको लागि देशमा एक पटक फेरी युद्ध हुने बताउदै सबै हिन्दु स्वयम सेवक तयार रहन समेत  आग्रह गर्नु भएको थियो । कैलाशधाम तिर्थ स्थल निमार्णको कामको प्रशंसा गदै  स्वा“रले आफुले निमार्ण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता दिनु भएको थियो । 
 
यसैविच साधारण सभाले आगामि बर्षका लागि पुनः लक्ष्मीराम रिमालको अध्यक्षतामा १५ सदस्यीय नया“ नेतृत्व समेत सर्बसम्बत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा धिरज शाही, महा सचिवमा देवानन्द न्थौपाने, कोषाध्यक्षमा ममता अग्रवाल, प्रवक्तामा नेत्रप्रसाद जोशी, सदस्यहरुमा बासुदेव उपाध्याय, कल्पना गिरी, प्रेम चौधरी, राधाकृष्ण चौधरी, गोकर्ण प्रसाद बजगाई, रंगनाथ भाट, नर बहादुर कुमाल, जयराज न्यौपाने, मोती लाल ओली, जयराम भण्डारी रहेका छन । 
 
आजको भेलाले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने सल्लाहार समितिको संयोजक रहने गरी ७ सदस्यीय समिति समेत र्निविरोध चयन गरेको छ । 
 
जसको बिशेष सल्लाहाकार सदस्यमा नेपाली सांस्कृतिक परिषद् भारतका अध्यक्ष हर्क बहादुर स्वा“र, सदस्यमा सुरेन्द्र कुमार शाह, धनीराम धमाला, भक्त बहादुर चलाउने, देवाखर उपाध्याय र तेज बहादुर थापालाई चयन गरीएको हो । 
 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by