दुर्घटना न्यूनिकरण गर्न लम्की प्रहरीकाे विद्यालय अभियान

 

 
 
 
 
 

असोज १३, लम्की । देशका बिभिन्न ठाउँमा दिन प्रतिदिन सवारी दुर्घटना भइरहेका बेला ट्राफिक प्रहरी कार्यालय लम्कीले सवारी दुर्घटना न्युनिकरणका लागी जनचेतना फैलाउन थालेको छ । बढ्दो दुर्घटनालाई मध्यनजर गर्दैे ट्राफिक प्रहरी कार्यालय लम्की कैलालीले हप्ताको सोमबार र बिहिबारका दिन बिद्यालयमा गएर ट्राफिक नियमबारे जानकारी दिने गरेको छ ।

सबै भन्दा दुर्घटनाको सिकार बिद्यार्थी हुने भएको हुँदा बिद्यालय केन्द्रित जनचेतना मुलक कार्यक्रम गरिएकाे ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले बताए । बिद्यार्थीहरुबाट अभिभावकमा जनचेतना फैलिने भएकोले पनि बिद्यार्थी केन्द्रित कार्यक्रम गरेको शाहीकाे भनार्इ छ ।

सवारी दुर्घटना बारे जनचेतना बिद्यार्थीहरुलाई मात्र नभएर मोटरसाईकलका चालकलाई पनि प्रत्येक हप्ताको शुक्रबारका दिन दिने गरेको उनले बताए। हेलमेट नलगाउने,३ जना बोक्ने, तिब्रगतिमा मोटरसाईकल चलाउनेलाई पहिलो पटकको लागि जरिवाना नगर्ने र यस्ता गल्ति गर्दा हुन सक्ने दुर्घटनाको संम्भाब्यताको बारेमा जानकारीको लागि कक्षा लिने गरेको प्रहरीकाे भनार्इ छ ।

दशै तिहार नजिकिँदै छ,यो बेलामा अक्सर सवारी दुर्घटना हुने खतरा हुन्छ प्रमुख शाहीले भने,‘चाडवाडकाे समयलाई मध्यनजर गर्दै बसपार्कमा यात्रु सहायता कक्ष राख्दैछौं, बसमा यात्रुको क्षमता, चालकको अवस्था बारे जानकारी लिन चालक सँग १ मिनेट र यात्रु सँग ३ मिनेट कुराकानी गर्छाैं ।’

यात्रुलाई असहजता भएको खण्डमा सहज यात्राको पहल गर्ने र चालकले मदिरा सेवन गरे नगरेको जाँच गरिने छ । मदिरा सेवन र तिब्रगतिमा सवारी साधन चलाउनु नै दुर्घटनाको प्रमुख कारण भएको शाहीकाे दावि छ।

नवराज शाही, प्रमुख, ट्राफिक प्रहरी कार्यालय लम्की

ट्राफिक प्रहरी कार्यालय लम्कीले आर्थिक बर्ष ०७५/७६ को साउन र भदाै महिनामा ११ सय ६७ वटा बिभिन्न सवारी साधानलाई कारबाही गरेको छ । जसमा बस ६१, ट्रक २८८, जिपकार ९१, ट्रयाक्टर ३६, मोटरसाईकल ६९० र अटो रिक्सा ९ वटा रहेका छन । यी सवारीलाई कारबाही गर्दा ७ लाख ७ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

‘सवारी चालक अनुमति पत्र नभएको, क्षमताभन्दा बढि यात्रु बाेकेकाे, भार लोड भएका सवारीलाई कारबाही गरेका छाैं । उनले भने । सँगै लम्की प्रहरीले २ महिनाको अवधिमा १३ वटा चोरीका मोटरसाईकल समेत फेला पारेकाे छ।

अहिले सरकारले सवारी भाडामा १० प्रतिशत बृद्धि गरे सँगै यस क्षेत्रमा चल्ने सवारीले मनोमानी भाडा असुली रहेको जनगुनासो आएकोले लम्की प्रहरीले त्यसतर्फ ध्यान केन्द्रित गरेकाे छ । ‘अब प्रत्येक गाडीको भित्तामा भाडादर टाँस्न लगाउने अटेरी गरेको खण्डमा कारबाही गर्नेछाैं ।’

 

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by