बर्दगोरिया सेती लोकमार्ग,खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने प्रथमलाई २ लाख पुरष्कार

img-featured

 
 
नेत्रप्रसाद न्यौपाने
लम्की,असोज १० 
कैलालीको बर्दगोरिया गाउपालिकामा चौथो बर्दगोरिया सेती लोकमार्ग,खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता २०७५को आयोजना गरिने भएको छ । 
सडकपुर बनौनिया युवा कल्बको आयोजनामा बुधबार बौनियामा गरिएको पत्रकार सम्मेलनमा विगतका वर्ष झै यस वर्ष कार्तिक ८ गते देखी २० गते सम्म खेल सन्चालन हुने बताईएको हो । खेलको उदघाटन प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी बाट गरिने बताईएको छ । खेलाडीहरुको क्षमता अभिवृद्धीका साथै यस क्षेत्रको सास्कृतिक तथा धार्मिक स्थलको पहिचानका लागी खेलको अयोजना गरिएको क्लबका अध्यक्ष प्रकाश साउदले पत्रकार सम्मेलन मार्फत जानकरी गराउनु भएको थियो । 
फुटबल प्रतियोगितामा सात वटै प्रदेशका खेलाडीहरुको सहभागीता  रहेन  र  प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २ लाख प्रथम रनर अफ टिम लाई १ लाख,वेष्ट पेलेरस १० हजार,सबै भन्दा बढी गोल गर्ने लाई ५ हजार ५ सय ५५, वेष्ट किपर लाई,५ हजार ५ सय ५५,राईजि¨ पेलेरलाई ५ हजार ५ सय ५५ रुपैया नगद प्रदान गरिने बताईएको छ । प्रतियोगितामा करिब १४ लाख रुपैया खर्च गरिने र करिब १ लाख जनाले अवलोकन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । खेलबाट बचत भएको रकम यस क्षेत्रको खेलकुद कार्यक्रममा लगानी गर्ने आयोजकले बताएको छ । सडकपुर बौनिया युवा कल्बका अध्यक्ष प्रकाश साउदको सभापतित्वमा सम्पन भएको पत्रकार सम्मेलनमा खेलकुद समिति संयोजक पुष्प भण्डारी,आर्थिक समिति संयोजक विकास मल्ल,पत्रकार लगायतकाको उपस्थिती रहेको कार्यक्रमको संचालन क्लबका सचिब धिरज शाहीले गर्नुभएको थियो । 
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by