कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरेर छोराको हत्या

img-featured

 
 
 
देवानन्द न्यौपाने कैलाली लम्की असोज ७ / कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरी बाबुले आफ्नै छोराको हत्या गरेका छन्। टीकापुर नगरपालिका वडा नम्वर ८ मा ७५ वर्षीय पहले लुहारले बञ्चरो प्रहार गरि ५० वर्षीय छोरा कृतबहादुर लुहारको हत्या गरेका हुन्। 
 
बञ्चरो प्रहारबाट घाईते भएका कृतबहादुरको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहका अनुसार लुहारको उपचारकै क्रममा मध्यराती मृत्यु भएको हो। 
 
पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतमा बस्दै आएका कृतबहादुर एक हप्ता अगाडी मात्रै परिवार सहित घर फर्किएका थिए। मदिरा नपिउन बाबुले गरेको आग्रहलाई नमानेपछि छोराको हत्या गरिएको बुझिएको छ।
 

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next नेपाली लोक गीतहरु -by