लम्की जेसिजको सप्ताहब्यापि कार्यक्रम सम्पन्नं ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की असोज ६  /लम्की जेसिज बर्ष २०१८ को सप्ता हब्यापी कार्यक्रम आज सम्पन्नं भएको छ । हरीतालीका तिज पर्बको अवसरमा भदौ २७ गते देखि शुरु भएको कार्यक्रम आज सम्पन्नं भएको हो । लम्की जेसिजका उपाध्यक्ष लिला प्रजापतिको संयोजगत्वमा भएको सप्ताहको पहिलो कार्यक्रममा यस क्षेत्रमा रहेका समाजमा योगदान पुर्याएका ३ जना महिलालाई सम्मान गरी तिज कार्यक्रम मनाईएको थियो ।
 
दोस्रो दिन असोज १ गते विपन्न बर्गका बालबालिकालाई स्टेशन वितरण गरी जेसीजका सदस्य अनिता न्यौपानेको संयोजगत्वमा कार्यक्रम सम्पन्नं गरीएको थियो । तेस्रो दिन लम्की जेसिजका सदस्य विरेन्द्र शाहीको संयोजगत्वमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, चौथो दिनमा लम्की जेसिजका उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेको संयोजगत्वमा कैलाशधाम तीर्थस्थल बल्चौरमा बृक्षारोपण, पाचौ दिनमा लम्की जेसिजका महासचिव ललित देउवाको संयोजगत्वमा भाषण कला कार्यक्रम सम्पन्नं भएको थियो भने छैटौ दिनमा सदस्य तीर्थ थापाको संयोजगत्वमा रक्तदान कार्यक्रम सम्पन्नं गरीएको थियो ।
सप्ताहाब्यापि कार्यक्रमको सातौ दिन आज विभिन्न ब्यक्तित्वलाई सम्मान गदै सप्ताह कार्यक्रम सम्पन्नं भएको सप्ताहब्यापी कार्यक्रमकी मुल संयोजक समेत रहनु भएकी लम्की जेसिजकी कार्यकारीण्ी उपाध्यक्ष बविता पाण्डे उद्घोष गर्नु भएको थियो ।
 
कार्यक्रम मुल संयोजक बबिता पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादुर थापा रहनु भएको थियो भने विशिष्ट अतिीथीमा लम्कीचुहा नगरपालिकाका उप प्रमुख टीका थापा र लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने रहनु भएको थियो ।
 
लम्की जेसिजका महा सचिव ललित देउवाको स्वागत मन्तब्य एबम् उपाध्यक्ष लिला प्रजापतिको आस्थापाठ संगै शुरु भएको कार्यक्रममा लम्की जेसिजका बोर्ड अफ डाइरेक्टर खडानन्द सापकोटा, लायन्सका प्रदेश संयोजक दिपक तिमिल्सैना, समाजसेवी बलबहादुर विष्ट, बौनिया जेसिजका संस्थापक अध्यक्ष लिलाजंग शाही पुर्ब अध्यक्ष लोकराज तिमिल्सैना, लम्की जेसिज बर्ष १८ का अध्यक्ष रामबहादुर बोगटी लगायतकाले शुभकामना मन्तबय दिनु भएको थियो । कार्यक्रमको संञ्चालन लम्की जेसिजका सचिव विरेन्द्र शाहीले गर्नु भएको लम्की जेसिजका मिडिया संयोजक देवानन्द न्यौपानेले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।
 
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by