नेपाल कम्युनिस्ट पार्टि विप्लप समुह द्धारा लम्कीचुहा नगरपालिकामा जन सरकारको घोषणा ।

 
 
देवानन्द न्यौपाने लम्की असोज ३ /संविधानको विरोध गदै आएको नेपाल कम्युनिस्ट पार्टि विप्लप समुहले आज कैलालीको लम्कीमा जन सरकार गठन गरेको घोषणा गरेको छ । २०७२ साल असोज ३ गते घोषणा गरेको संविधान जनताको हितमा नरहेको भन्दै लामो समय देखि संघर्षरत नेपाल कम्युनिस्ट पार्टि विप्लप समुहले आज लम्कीचुहा नगरपालिकामा एक भब्य कार्यक्रमको आयोजना गरी जन सरकारको घोषणा गरेको हो । पार्टिका सक्रिय कार्यक्रता “विकास” को नेतृत्वमा १३ सदस्यीय लम्कीचुहा नगर स्थरीय जन सरकारको गठन गरी घोषणा गरेको बताइएको छ । 
 
नवगठित स्थानिय जन–सरकारले जनताको हितमा स्थानिय सरकारको काम गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टिको देशब्यापि कार्यक्रम अन्तरगत संगठन विस्तारको क्रममा कैलाली जिल्लाको ऐरीया नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा पार्टिले गर्ने आन्तरीक रणनिति तय गर्नुका साथै जनपक्षिय काममा लाग्न आफ्ना कार्यक्रतालाई निर्देशन समेत दिइएको थियो । ऐरीया नम्बर ६ का सेक्रेटरी भावुकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी ऐरीया ६ का इञ्चार्ज विकल्प रहनु भएको थियो । 
 
करीब ३ सय बढी नेता तथा कार्यक्रताका साथै स्थानियको सहभागिता रहेको भनीएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि विप्लप समुहको जनन्यायलय कैलालीका प्रमुख सेवक, महिला नेत्री विनिता, अखिल नेपाल शिक्षकका मोतिराम जैशी, संयुक्त उद्योग ब्यापार महासंघका जनक सिंह, पुर्ब जनमुक्ति सेना आधार, प्रबास ब्युरो सागर, योङ  रेड फोर्सका कैलाली जिल्ला उपाध्यक्ष रवि लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ऐरीया नम्बर ६ का ईञ्चार्ज विकल्पले यो संविधानले जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो ।
 
देशमा बैज्ञानिक समाजबादको आवश्यक्ता रहेकाले सबै नागरीक एक जुट भएर लाग्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै स्थानिय गोपाल के.सि.ले सर्बहारा बर्गको हितको लागि नेपाल कम्युनिस्ट पार्टि विप्लप समुहको देशमा आवश्यक्ता औल्याउदै आन्दोलनमा सबैले साथ दिन समेत आग्रह गरेका स्रोतको दाविछ ।
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by