नेकपामा कुन प्रदेशको अध्यक्ष को नाम सहित हेर्नुहोस ?

img-featured

 
 
काठमाडौं, भदौ ७
 नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सात प्रदेशमध्ये २ वटा प्रदेश कमिटी अध्यक्षको टुंगो लागेको छ । ्
अन्य पाँच प्रदेशमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमतिमा साझा नाम सिफारिस गर्न कार्यदल असफल भएका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको आन्तरिक परिपत्रमा प्रदेश कमिटी तथा जिल्ला कमिटीहरु एकीकरण गर्न बनेका कार्यदललाई सम्बन्धित कमिटीमा रहने सदस्य र नेतृत्व समेत सिफारिस गर्न निर्देशन दिइएको थियो ।
 निर्देशन बमोजिम तलदेखि माथिसम्मका सबै कमिटी सहित प्रदेश नेतृत्वको नाम सिफारिस गर्नेमा प्रदेश ७ पहिलो बनेको छ ।
प्रदेश ७ को कार्यदलले जिल्ला कमिटी, जिल्ला सचिवालय, जिल्ला कार्याल, प्रदेश कमिटी, प्रदेश सचिवालय र प्रदेश कार्यालयको समेत एकीकरण गरेको छ । 
त्यस्तै प्रदेश अध्यक्षमा तत्कालिन एमालेका पोलिटव्युरो सदस्य कर्णवहादुर थापा र सचिवमा तत्कालिन माओवादीका लक्ष्मीप्रसाद जोशीको नाम सिफारिस गरेको छ ।
प्रदेश र मातहत कमिटी एकीकरणमा स्थायी कमिटी सदस्यद्धय भीम रावल र लेखराज भट्टले अभिभावकीय भूमिका निर्वाह गरेकाले सबै विषय सहज रुपमा समाधान भएको अध्यक्षमा प्रस्तावित नेता थापाले बताए । 
अब प्रदेश इन्चार्ज र सहइन्चार्ज पार्टी केन्द्रीय कमिटीले तय गर्नेछ । प्रदेश ७ का ९ मध्ये ५ जिल्लाको नेतृत्व तत्कालिन एमाले र ४ को नेतृत्व तत्कालिन माओवादीले गर्नेछन् ।
प्रदेश नेतृत्व सिफारिस गर्नेमा प्रदेश ५ पनि परेको छ । यद्यपि प्रदेश ५ को कार्यदलले भने अध्यक्षमा तत्कालिन एमाले र तत्कालिन माओवादीबाट एक एक जनाको नाम सिफारिस गरेको छ ।
 प्रदेश बाँडफाँड गर्दा तत्कालिन एमालेले अध्यक्ष पाएमा दलवहादुर राना मगर र माओवादीले पाएमा गणेशमान पुन बन्ने समझदारी भएको कार्यदल सदस्य मणि थापाले बताए ।
उनका अनुसार प्रदेश कमिटी अध्यक्ष कसले पाउने भन्ने तय भएपछिमात्र सचिव तय गरिनेछ । प्रदेश कमिटी इन्चार्जमा घनश्याम भुसाल, छबिलाल विश्वकर्मा र मणी थापामध्ये एक हुनेछन् । यद्यपि इन्चार्ज कार्यकारी पद नभएकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि इच्छुक रहेको स्रोतको दाबी छ ।
प्रदेश ७ र ५ बाहेक अन्य प्रदेशले अध्यक्षको नाम सिफारिस गर्न सकेका छैनन् । कतिपय प्रदेश कार्यदलमा त अध्यक्षका आकांक्षीको बारेमा छलफल समेत भएको छैन ।
७ प्रदेशमध्ये तत्कालिन एमालेले ४ र माओवादीले ३ प्रदेशको नेतृत्व पाउने समझदारी यसअघि नै भइसकेको छ । जसमध्ये एमालेले प्रदेश १, ३, कर्णाली र ७ नम्बर प्रदेशको अध्यक्ष पाउने र माओवादीले २, ४ र ५ नम्बरको नेतृत्व पाउने सम्भावना छ । सोही समझदारी बमोजिम प्रदेश ७ को अध्यक्षमा तत्कालिन एमालेका नेता कर्ण थापाको मात्र नाम सिफारिस भएको छ ।

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by