नेपालद्वारा श्रीलंकालाई १९५ रनको लक्ष्य प्रस्तुत, आरिफले बनाए ८९ रन

img-featured

 
 
काठमाडौं, भदौ ६ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लबलाई १९५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नौ विकेटको क्षतीमा नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो । ४८।४ ओभरमा नेपालले सबै विकेट गुमाउँदै सो स्कोर बनाएको हो । 
 
नेपालका लागि आरिफ शेखले आज उत्कृष्ट खेले । उनले ११८ बलमा ८९ रन बनाए । आरिफले ८२ बलमा ५० रन पूरा गरेका थिए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालको ओपनिङ खराब रह्यो। नेपालले १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६ रनमा आउट भए । यस्तै बसन्त रेग्मी १६ रनमा आउट भए । 
 
आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो । 
 
नेपाको ओपनिङ खराब रह्यो। नेपालले १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६, बसन्त रेग्मी १६  र ललित भण्डारी ११ रनमा आउट भए । 
 
आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको स्थानीय क्लब प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो ।
 
एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टिम श्रीलंका भ्रमणमा छ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।
 
एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।
 
त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

radio programs

View All
  • On air -by
  • up next ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by