झण्डै तीन बर्षपछि टीकापुर घटनाको पेशी शुरु

तीनवर्षमा रेशम चौधरीको पहिलो पेशी

वादी प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश

भीम चौधरी 
कैलाली । डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका सांसद रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ । चौधरीको मुद्दामा बिहीबार सर्वोच्चले पेशी तोकेको छ ।

टीकापुर घटनाको पहिलो पेशीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन आदेश दिएको छ । घटनाको झण्डै तीन वर्षपछि भएको पहिलो पेशीले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षी सहित अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

न्यायाधीश पर्शुराम भट्टराईको इजलासले भदौ २४ गते वादी प्रतिवादीलाई घटनाबारे जे प्रमाण छ, त्यही लिएर अदालतमा उपस्थित हुन आदेश जारी गरिएको अदालतका श्रेष्तेदार ईन्द्रबहादुर कठायतले बताउनुभयो ।

पहिलो पेशीका लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको भए पनि जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्यमा समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेका कारण देखाउँदै पेशी सारिएको थियो ।

यसअघि म्याद तामेली हुन नसक्दा मुद्दाको सुनुवाईको प्रक्रिया शुरु भएको थिएन । बुधबार पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका अभियुक्तलाई अदालतमा लगिएको थियो ।

थरुहट–थारुवान आन्दोलनक्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक नाबालक सहित ७ जनाको ज्यान गएको थियो । घटनामा एक नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

नाबालक पोखरास्थित बाल सुधार गृह, सांसद चौधरी काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकी कैलाली कारागारमा छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनामा संग्लन २० जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by