सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सुरु

img-featured

 
 
राजेन्द्र रावल
बैशाख १४,बौनीया“
शुक्रबार देखि बर्दगोरीया गाउपालिका वडा नम्बर दुइमा रहेको होटल हाइवेप्लाजाको सभाहलमा बर्दगोरिया गाउपालिका र नयायिक समिती बर्दगोरिया को आयोजनामा सामुदायिक मेलमिलाप कर्ता र बर्दगोरिया न्यायीक समितीका सदस्य र पदाधिकारी हरुकालगी आयोजीत ड दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बर्दगोरिया गाउपालिका उपाधयक्ष एवम बर्दगोरिया गाउपालिका स्तरीय न्यायीक समिती संयोजक भगवती देबि डगौरा थारुको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रमका प्रमुख अथिती बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम डगौरा थारु रहनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थारुले न्यायिक समितीका सदस्य र सामुदायिक मेलमिलाप कर्ताहरुलाई यो तालीम पश्चात राज्यको निती नियम अनुसार न्यायिक समस्या समिाधान गर्न सहज हुने कुरामा आफ्नो ठम्याइ रहेको बताएका थिय । कार्यक्रममा बर्दगोरीया पत्रकार माहासंघ प्रदेस नम्बर सातका सभासद लिलाजेग शाही,वडा नम्बर छ का वडा अध्यक्ष रामकृष्ण डगौरा (रञ्जीत),वडा नम्बर चारका अध्यक्ष पुरन सिह बि.सी,वडा नम्बर एक का अध्यक्ष जयरुप खतिवडाले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरेका थिय ।बर्दगोरिया गाउपालिका स्तरीय न्यायीक समिती सदस्य राज कुमार चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिती सदस्य टंक ओलीले गरेका थिय । कार्यक्रममा सहभागी करीब ३० जना बर्दगोरिया गाउपालिका स्तरीय न्यायीक समिती सदस्य र सामुदायिक मेलमिलाप कर्ता हरुलाई अधिवक्ता द्धय रोहित देउवा र गणेश कठायतले प्रशिक्षण दिइरहनु भएको छ । बर्दगोरिया गाउपालिका न्यायीक समितीले दिएको जानकारी अनुसार न्याय सम्बन्धी आधारभुत प्रशिक्षण यो प्रदेसकै पहिलो बर्दगोरिया गाउपालिकामा भएकोबताइएको छ ।यो प्रशिक्षण पश्चात आफुहरुलाइ न्यायीक बिषयमा आउने बिभीन्न किसीमका समस्याहरुलाइ सम्पादन गर्न आफुहरु सफल हुने बिश्वास रहेको न्यायीक समिती सदस्य टंक ओलीले बताए । बर्दगोरिया गाउपालिका मा हाल सम्म २३ वटा बिभीन्न प्रकृतीका मुद्दा हरु आएको र ति मध्य करिब १३ वटा आफुहरुले सम्पादन गरीसकेको सामेत बर्दगोरिया गाउपालिका न्यायीक समिती संयोजक भगवति डगौरा थारुले बताएकि छन् ।
 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by