बिद्यार्थी भर्ना सम्बन्धी सुचना तथा परामर्श कार्यक्रम बौनीयामा

img-featured

 
 
 
राजेन्द्र रावल, बौनीया बैशाख १२ / बसन्त मुरारी माध्यमीक बिद्यालय बर्दगोरिया गाउपालिका १ बौनीयाको आयोजना र  UKaid तथा Mercy Corps  को आर्थीक सहयोग तथा  Base को सहकार्यमा सञ्चालीत सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग  STEM  परीयोजना अन्र्तगत को एक दिने बिद्यार्थी भर्ना सम्बन्धी सुचना तथा परामर्श कार्यक्रम बुधबार बौनीयामा समपन्न भएको छ ।बसन्त मुरारी माध्यमीक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक कुवरको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अथिती बर्दगोरीया गाउपालिका अध्यक्ष बलिराम चौधरी रहनुभएको थियो । प्रमुख अथितीको आसन बाट बोल्दै चौधरीले बिद्यालयमा आइपर्ने हरेक किसीमका समस्या समधान गर्नका लगाी गाउपालिका कहीले पनि पछी नपर्ने कुरा व्यत्त गरेका थिय । छोरीलाई पढाऔ,गरिबी हटाऔ भन्ने नारा का सात आयोजीत  कार्यक्रको बिशीष्ट अथितीमा बर्दगोरिया गाउपालिका वडा नम्बर का वडा अध्यक्ष जयरुप खतिवडा रहेका थिय । सो अवसरमा खतिवडाले बिद्यार्थी भर्ना अभियानमा यस्ता संघ संस्थाहरुले साथ दिनु राम्रो कुरा रहेको बताएका थिय । कार्यक्रममा STEM  का अधिकृत जगदीस रानाले यो कार्यक्रम लागु भएको बिद्यालय लाइ आफुहरुले सधै सहयोग गरीराख्ने र उत्कृष्ट हुने बिद्यालयलाइ बिभीन्न अन्य बिद्यालयका गतिबीद्यिहरुमा समेत सहयोग गर्दै जाने कुरा भन्नु भएको थियो । कार्यक्रममा बिद्यार्थीका तर्फबाट तुल्छा भण्डारी,अभिभावकको तर्फबाट हिमा सुनार,शिक्षकका तर्फबाट बिद्यालयका सहायक प्रधानाध्यापक राकेस हमाल,बिद्यालय व्यवस्थापन सिमती सदस्य द्धय अमर बम र पदमा साउद,शिक्षक अभिभावक संघ अध्यक्ष रुपा आलेमगर लगाएताकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिय । बिद्यालयका प्राधानाध्यापक भुमी प्रकास बलमे कार्यक्रमको स्वागत संगै कार्यक्रमको औचीत्य माथि उपस्थित अथिती,अभिावक,बिद्यार्थी लगाएतलाइ प्रकास पर्दा सुृरु भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रभु रिमालले गरेका थिय । सो अवसरमा कक्षा ६,७,८,९ र १० मा भर्ना भएका बिद्यार्थीहरुलाई प्रमुख,बिशीष्ट र अन्य अथितीहरुले पुस्तक बितरण गरेका थिय । सोही अवसरमा कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतीयोगितामा प्रथम , द्धतीय र तृतीय स्थान हासिल गर्ने खेलाडिहरुलाइ सम्मान समेत गरीएको थियो । जिल्ला स्तरीय खेलमा बसन्त मुरारीको भलिबल छात्र समुह तृतीय, छात्र कबड्डी तृतीय ४०० मिटर दौडछात्र मा सुमीत पुनमगर द्धुतीय र छात्रा कबड्डी मा प्रथम भएको जानकारी गराउदै खेलाडिहरुलाइ प्रमुख अथिती र अध्यक्षले मेडल र ट्रफी सहित सम्मान गरेका थिय । 
 

radio programs

View All
  • On air -by
  • up next -by