लम्की चुहा नगरपालिकामा शिक्षा भैपरी प्राविधिक समुह गठन

img-featured

 
 
नेत्र प्रसाद न्यौपाने
लम्की,वैशाख १०
लम्की चुहा नगरपालिकाको आयोजनामा विपद जोखिम न्युनिकरण तथा विदयालय सुधार परियोजना अन्तगर्त सरोकारवालहरु संगको नक्साङ्कन कार्यक्रम सोमबार लम्कीको होटल मुनबुन भिल्लामा सम्पन भएको छ । 
लम्की चुहा नगरपालिकाकी उप प्रमुख टिका थापा को सभापतित्वमा भएको कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम, लम्की चुहा नगरपालिका स्तरीय विपद जोखिम न्युनिकरण समितिका संयोजक उजिर सुनार, लम्की चुहा नगरपालिका विपद जोखिम न्युनिकरण कार्यक्रमका फोकल प्रसन विष्णु खनाल, लम्की चुहा नगरपालिका भित्र रहेका संघसंस्था नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा, लम्की जेसीज लाइन्स कल्ब लम्की, नगर बालसंरक्षण तथा सम्बद्र्धन समिति, सुहारा,बेस,सेवक नेपाल हरियोवन,फाया नेपाल,असल छिमेकी नेपाल लगायतका संघ संस्था का प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  कार्यक्रममा संघसंस्थाले विपद जोखिम न्युनिकरण सम्बन्धी आफनो संस्थाले गरेका कामहरु र आगामी योजना समेत प्रस्तुत गरेका छन ।   
 सरोकारवालको समुहले लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्टको संयोज्क्तवमा ९ सदस्यि लम्की चुहा नगरपालिकामा शिक्षा भैपरी प्रविधिक समुह गठन गरेको छ । जसको सदस्यमा लम्की चुहा नगरपालिकाका सोत व्यत्ती टिकाराम जोशी, लम्की चुहा नगरपालिका महिला बालबालिका प्रमुख कोकीला शाही,लम्की चुहा नगरपालिका विपद जोखिम न्युनिकरण कार्यक्रमका फोकल प्रसन विष्णु खनाल, लम्की चुहा नगरपालिका स्तरीय विपद जोखिम न्युनिकरण समितिका संयोजक उजिर सुनार,नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका उप सभापति विनोद अचार्य,लम्की जेसीजका अध्यक्ष राम बहादुर बोगटी,सेवक नेपाल सेफवास दोस्रो परियोजना समाजिक परिचालिका भागीरथी रेग्मी, र सामाजिक विकासका लागी सचेत समाज धनगढीका कायृक्रम अधिकृत प्रेमलाल कुश्मी रहनुभएको छ । यस्तै लम्की चुहा नगरपालिकाकी उप मेयर टिका थापा को अध्यक्ष्यतामा ३ सदस्यि सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको सदस्यमा लम्की च’हा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम र लाइन्स कल्ब लम्कीका अध्यक्ष उमेश तिमिल्सेना रहनुभएको छ ।  
कार्यक्रमको सहजिकरण लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्ट,स्रोत व्यक्ति टिकाराम जोशी,वल्र्ड भिजन ईन्टरनेशनलका केन्द्रीय संयोजक जय प्रजापति,वल्र्डभिजनका नित्यानन्द पाण्डे,लेगर्नु भएको थियो । युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगत सरोकारवालाहर संगको नक्साङ्कन कार्यक्रमको सन्चालन सामाजिक विकासका लागी सचेत समाज धनगढीका कायृक्रम अधिकृत प्रेमलाल कुश्मीले गर्नुभएको थियो ।
 

radio programs

View All
  • On air -by
  • up next -by