लम्की साना सहरी खानेपानी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की चैत्र २५ /  लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौ बार्षिक साधारण सभा कैलालीको लम्कीमा शनीबार सम्पन्न भएको छ  । संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सात नम्बर प्रदेशका सांसद रतन बहादुर थापा रहनु भएको थियो ।  भने कार्यक्रमको विशिष्ट अतिथीमा नगर विकास कोषका प्रतिनिधि शुभाष पन्त र लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएको थियो । संस्थाका उपाध्यक्ष शंकर बहादुर रावलको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष समेत रहनु भएका सांसद रतन बहादुर थापाले नेपाल सरकार संग रकम नभएर नगर विकास कोषको ऋण नल्याएको उल्लेख गर्नु भयो । खानेपानी संस्थाको विकासका साथै संस्था प्रति उपभोक्ताहरुलाई उत्तरदाईत्व बोध गराउन नेपाल सरकारको निति अनुरुपनै लम्की खानेपानीले समेत नगर विकास कोष मार्फत एसियाली विकास बैंकको ऋण लिएर यस क्षेत्रका स्थानियलाई सर्ब शुलभ खाने पानी दिने प्रयत्न गरी रहेको बताउनु भयो । 
 
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले यस क्षेत्रका अन्य स्थानिय तहको भन्दा लम्कीचुहा नगरपालिकाका थोरै नागरीकले भएपनी शुद्ध खानेपानी खान पाएको भन्दै संस्थालाई धन्यबाद दिनु भएको थियो । 
 
कार्यक्रममा लम्कीचुहा नगरपालीकाका उप प्रमुख टीका थापाले खानेपानी संगै सरसफाई पनी महत्वपुर्ण भएको बताउदै संस्थाले आफ्ना उपभोक्तालाई सरसफाईको बारेमा समेत जनचेतना जगाउनमा लाग्न’ पर्नेमा जोड दिनु भएको थियो । 
 
कार्यक्रममा बोल्दै नगर विकास कोषका प्रतिनिधि शुभाष पन्तले गत बर्षको भन्दा यस पटकका अध्यक्ष तेजबहादुर चलाउनेले संस्थामा रहेको नगर विकास कोषको ऋणको किस्ता नियमित बुझाएर देश भरीकै साना सहरी खानेपानीमा उत्कृष्ट खानेपानी बनाउन सफल भएको भन्दै धन्य बाद दिनु भएको थियो । 
 
यस क्षेत्रका नागरीकले पानी महशुललाई मात्र ढीपीको रुपमा नलिई स्वच्छ खानेपानी खानको लागि सबै उपभोक्ता तयार हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा उहाले यसपछि लगतै यसै खानेपानी संस्था बाट यु.एस. आइ.डि. को सहयोगमा अर्को नया कार्यक्रम समेत शुरु हुन लागेको जनाकारी गराउनु भएको थियो । 
 
कार्यक्रममा लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले आफु संस्थाको अध्यक्ष भै सकेपछि खानेपानी संस्थाको पुनः र्निमाण गर्ने कार्य सम्पन्न भएको उल्लेख गर्नु भएको थियो । उपभोक्तालाई चुनारहित खानेपानी खुवाउने प्रयास स्वरुप जियो प्लान्ट निमार्ण कार्य समेत सम्पन्न भएको बताउनु भयो । 
 
खानेपानीमा चुना कम गर्नको लागि बिभिन्न औषधि समेत प्रयोगमा ल्याएको बताउनु भयो । अध्यक्ष चलाउनेले नगरपालिकाको सडक विस्तारको क्रममा पानीको पाईप काटीदा उपभोक्तालाई समस्या हुने गरेको बताउदै सडक संगै खानेपानी पाईपको ब्यावस्थामा सहयोग गरी दिन समेत नगरपालिकालाई आग्रह गर्नु भएको थियो । 
 
कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा  अध्यक्ष जनक बहादुर बम, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकाल, नेकपा एमालेका लोकराज तिमिल्सैना, नेपाली काग्रेसका क्षेत्रीय सभापति भक्त बहादुर थापा, नेकपा माओबादी केन्द्रका नगर इञ्चार्ज दलबहादुर विष्ट, राप्रपा नेपालका नन्दा शाही, लम्की बहुमुखि क्याम्पसका क्याम्पसका अध्यक्ष बखत बहादुर विष्ट, बद्रि प्रसाद लम्साल, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम राज चौलागाई, मोतिकला चलाउने,  टोल संयोजक तर्क थापा, महेश विष्ट लगायतकाले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मल्लसिंह ठकुरीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तित्वलाई मायाको चिसो सहित सम्मान समेत गरीएको थियो । 
 
 
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by