गगन थापा राजीनामा देऊ !

गगन थापा राजीनामा देऊ !

उमेश चाैहान काठमाडौं, २२ फागुन | 

 

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा फेरि निर्वाचित भएका छन् । देशको वरिष्ठ प्रजातान्त्रिक दलले प्रजातान्त्रिक पद्धतिबाट आफ्नो नेता छान्दा कोही कसैलाई आपत्ति हुने ठाउँ छैन । संसदीय निर्वाचनमा कांग्रेसको असाधारण पराजयपछि नेतृत्व परिवर्तनका लागि उठेको बिगुल ध्वनि फेरि नेपथ्यमा हराएकोमा पनि कसैलाई आश्चर्य लागेको छैन । आश्चर्य के छ भने, कांग्रेस पुनर्निर्माणको शिलान्यास समारोह सफल पार्न नौमती बाजा बजाउँदै आएको युवा समूहले आफ्नो पहिलो परीक्षामा कुनै प्रभाव छाड्न सकेन । ढोलक बजाउने र दमाहा ठटाउने युवाहरू कान्लामाथि देखिएनन्, सनाई फुक्ने र झ्याली पिटाउनेको अत्तोपत्तो छैन । संसारमा नेतृत्व परिवर्तन कुनै पनि खालको याचनाले होइन, सुस्पष्ट दृष्टिकोण, सुव्यवस्थित योजना र सुनियोजित हस्तक्षेपले मात्र सम्भव भएको छ । सार्थक दृष्टिकोण र योजनाविनाको याचना यस्तै भवितव्यमा पर्छ, जो अहिले परेको छ ।

युवा नेताहरूले देउवाको सत्तालाई चुनौती नदिएका मात्र होइनन्, बागडोर छाड्न देउवासामु अनुरोध पनि गर्न सकेका छैनन्, बरु याचना मात्र गरिरहेका छन् । उनीहरूको पहल सार्वजनिक खपतका लागि हो भने, त्यसले औसत बजार लिएकै छ, तर सार्थक हस्तक्षेपका लागि हो भने कुनै गैरकांग्रेसीले पनि उनीहरूलाई वैधानिक मार्ग देखाउन सक्छ । कांग्रेसको विधानको दफा ४२ अनुसार २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले सभापतिविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न सक्छन् र दुईतिहाइ बहुमतबाट पदमुक्त पनि गर्न सक्छन् । त्यस्तै, पार्टी नीतिका विषयमा बहस चलाउने हो भने पनि दफा २० अनुसार ४० प्रतिशत महासमिति सदस्यले चाहेमा तीन महिनाभित्र महासमिति बैठक बसाउन सक्छन् । पार्टी नीतिको दिशा र नेतृत्वको दशा परिवर्तन गर्न सक्ने सम्पूर्ण अधिकार विधानले नै दिएको छ भन्ने कांग्रेसका धारिला नेताहरूलाई अवश्य पनि जानकारी छ । देशभरबाट आएका बहुमत प्रतिनिधिको अमूल्य मतदानबाट निर्वाचित सभापति शेरबहादुर देउवाको शक्तिमाथि शान्तिपूर्ण हस्तक्षेप गर्न योबाहेक अर्को मार्ग केही छैन । तर, महासमिति बैठक बोलाउन अथवा अविश्वास प्रस्ताव दर्ता गर्नसमेत संख्या पुग्दैन भने नेताहरूले स्वीकार्नुपर्छ । कुनै पनि प्रजातान्त्रिक दलमा बल प्रयोग गर्ने बहुमतले नै हो, अल्पमतका लागि त्यो सौभाग्य प्राप्त छैन ।

 

प्रजातान्त्रिक समाजवादको अवधारणा जननायक बिपी कोइरालाले ६० वर्षअगाडि नै नेपाली राजनीतिको केन्द्रबिन्दुमा ल्याइसकेका थिए । कांग्रेस पुनर्निर्माणको शंखघोष गर्ने युवा ब्रिगेडका लागि ऊर्जाको स्रोत बिपीको विचारधारा हो भने सार्थक बहसको सुरुवात कहिले हुन्छ ? देउवाको रजगज देखेर प्रतिशोध मात्रै हो भने कांग्रेसको भलो कसरी हुन्छ ? यो प्रश्न किन पनि सान्दर्भिक छ भने, कांग्रेसले किन हार्यो भन्ने बहसमा युवा नेताहरू सतही श्लोक कण्ठ पारेर टेलिभिजन स्क्रिनमा प्रकट भइरहेका छन् ।

 

हो, प्रजातन्त्रमा नैतिकताको पनि प्रश्न हुन्छ, तर त्यसका आधारमा कुनै पनि नेताले अब राजीनामा दिने छैनन् जसले माधवकुमार नेपालको नियति देखेका छन् । एमालेको पराजयमा सम्पूर्ण जिम्मेवारी लिएर राजीनामा दिएका माधव नेपाल त्यही पदका लागि एक दशकयता म्याराथन दौडमा छन्, तर नेतृत्व झन्झन् टाढा भइरहेको छ । हाम्रो नेतृत्वले सिकेको कठोर पाठ के हो भने, देशले हार्न सक्छ, दलले हार्न सक्छ, परिआए गुटले पनि सक्छ, तर व्यक्तिले अब हार्नेछैन, र हार स्वीकार हुनेछैन ।

फेरि, हामीकहाँ कांग्रेस अथवा वामपन्थी दलका केही नेताले आफूलाई केका आधारमा युवा भनिरहेका छन् ? त्यसको परिभाषा उनीहरूले आधारभूत रूपमै स्पष्ट पार्नुपर्छ । किनकि, राजनीतिकशास्त्रमा युवावस्था भनेको मांसपेशीको म्याद होइन, यो त त्यस्तो विशिष्ट मानसिक अवस्था हो, जहाँबाट सापेक्षिक परिकल्पना, सुगठित इच्छाशक्ति र अदम्य साहस परिचालित हुन्छ । तन्तु झुलिएकै होस्, परिवर्तनको आभा छर्न सक्छ भने त्यो युवा हो भन्ने प्रमाण खोज्न अन्त कतै जानुपर्दैन, सिएनएनको स्क्रिन र द न्युयोर्क टाइम्सको ओपेडमा बारम्बार दोहोरिने बर्नी स्यान्डर्सलाई हेरे पुग्छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित हिलारी क्लिन्टन अहिले दृश्यमा छैनन् । तर, डेमोक्र्याटहरूको आन्तरिक निर्वाचनमा हिलारीसँग पनि पराजित भएका ७७ वर्षीय स्यान्डर्स यत्रतत्र सर्वत्र छन् । ‘भरपर्दो भविष्यका नायक’ भन्ने प्लेकार्ड बोकेका हजारौँ अमेरिकी युवाले हरेक सहरमा उनको भव्य स्वागत गरिरहेका छन् । किनकि ती ‘वृद्ध युवा’ले ‘नवयुवा’हरूको चेतनामा प्रजातान्त्रिक समाजवादको विचार सञ्चार गराइदिएका छन् ।

अमेरिकी सभ्यतामा समाजवाद भनेको आतंकवाद हो, राष्ट्रद्रोह हो । त्यसैले, कर्पोरेट घरानाका लागि बर्नी स्यान्डर्स एउटा तिरस्कारयोग्य चुनौती हुन् । तर, एक्काइसौँ शताब्दीका अमेरिकी युवाका लागि ‘प्रजातान्त्रिक समाजवाद’ एउटा आदर्श हो । स्यान्डर्स अहिले विश्वविद्यालयका युवाका फ्यान्टासी मात्र होइनन्, युवा जनमतका सजीव प्रतिनिधि पनि हुन् । करिब ३६ लाख अमेरिकी युवा मतदातामध्ये २० लाख स्यान्डर्सका पक्षमा उभिँदा ट्रम्प र हिलारीको पक्षमा जोड्दा १६ लाखले मात्र मत हालेका थिए । तर, समग्र निर्वाचन प्रक्रियामा पछाडि परेका स्यान्डर्स युवा जागरण अभियानमा अहिले सर्वाधिक अगाडि छन् ।

अमेरिकी समाजमा प्रजातान्त्रिक समाजवाद नवीनतम विचार हो, तर यस्तै विचारधारा जननायक बिपी कोइरालाले ६० वर्षअगाडि नै नेपाली राजनीतिको केन्द्रबिन्दुमा ल्याइसकेका थिए । कांग्रेस पुनर्निर्माणको शंखघोष गर्ने युवा ब्रिगेडका लागि ऊर्जाको स्रोत बिपीको विचारधारा हो भने सार्थक बहसको सुरुवात कहिले हुन्छ ? देउवाको रजगज देखेर प्रतिशोध मात्रै हो भने कांग्रेसको भलो कसरी हुन्छ ? यो प्रश्न किन पनि सान्दर्भिक छ भने, कांग्रेसले किन हार्यो भन्ने बहसमा युवा नेताहरू सतही श्लोक कण्ठ पारेर टेलिभिजन स्क्रिनमा प्रकट भइरहेका छन् । स्थानीय निर्वाचन सुरु गरेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पदमै राखेर कांग्रेस संसदीय निर्वाचनमा जानुपथ्र्यो र एमाले–माओवादीलाई नजिक हुने अवसर नै दिनुहुँदैनथ्यो भन्ने तर्क युवा नेताहरूले बारम्बार दोहोर्याइरहेका छन् । यसले के देखाउँछ भने, उनीहरूको सम्पूर्ण चिन्तन कांग्रेसलाई तत्काल दुई–चार सिटमा कसरी फाइदा हुनसक्थ्यो भन्ने जुगाडको व्यवस्थामा केन्द्रित छ । युवा नेता पनि पार्टीको शल्यक्रिया गरेर होइन, क्याप्सुलको डोज बढाएर काम चलाउन चाहन्छन् भने कांग्रेस बलियो भएर ठिमठिम हिँड्न साँच्चै चुनौतीपूर्ण छ ।

 

पार्टी बैठकको नाममा सानेपामा हुने सार्वजनिक सुनुवाइमा पाँच मिनेट बोल्न पाएका वेला माओवादीसँग किन नाता तोडेको, कमल थापासँग किन गला जोडेको भन्दै देउवालाई प्रश्न सोधेर गगन र प्रदीपहरूले मिडियामा स्थान पाउन सक्छन्, तर नेपाली राजनीतिमा हस्तक्षेप गर्न सक्दैनन् । त्यसका लागि उनीहरूले केन्द्रीय सदस्यको ब्याच देउवालाई बुझाएर महाधिवेशन प्रतिनिधिका रूपमा विचारधारा निर्माणको यात्रा तय गर्नुपर्छ ।

 

गगन थापादेखि गुरुराज घिमिरे र प्रदीप पौडेलदेखि धनराज गुरुङसम्मका युवा नेताको चेतलाई हतोत्साहित गरेर हाम्रा पुस्ताको भविष्य फेरि पनि उज्ज्वल हुनेछैन । तर, उनीहरू पनि स्पष्ट हुनुपर्छ, युवा हुनु नै युवा हुनुको प्रमाण हुन सक्दैन । किनकि, आफूभित्र युवा भएको युवाले सत्ता र शक्तिका लागि अनुष्ठान होइन, वैचारिक र सांगठनिक हस्तक्षेप गर्दछ । सदियौँ पुरानो इतिहास होइन, अस्तिको अतीतमा पनि इम्यानुयल म्याक्रोनको नाम कहीँ कतै भेटिँदैन । सरकारी जागिरे र इन्भेस्टमेन्ट बैँकरका रूपमा करिअर बनाएका म्याक्रोनलाई सन् २०१४ मा अर्थमन्त्रीको जिम्मेवारी दिँदा अपरिपक्व निर्णय भनेर फ्रान्सका राष्ट्रपति र प्रधानमन्त्रीको धेरैले आलोचना गरेका थिए । तर, आफूलाई टीका लगाइदिने नेतृत्वलाई वैचारिक रूपमै चुनौती दिएर अप्रिल २०१६ मा पार्टी घोषणा गरेका म्याक्रोन अप्रिल २०१७ मा राष्ट्रपतिमा निर्वाचित हुँदा संसारभरका मिडियाले फ्रान्समा शक्तिशाली भूकम्प भनेर हेडलाइन्स बनाएका थिए । राष्ट्रपति ओल्यान्डले मन्त्री पदबाट बर्खास्त गर्ने धम्की दिँदा दण्डवत् गर्नुको सट्टा राजीनामा दिएर आन्दोलनकारी बनेका म्याक्रोनले ३९ वर्षको उमेरमा राष्ट्रपति बनेर फ्रान्सेली इतिहासमा कीर्तिमान पनि बनाएका छन् । चिन्ता होइन, चिन्तन र सम्झौता होइन, साहसको मार्ग पछ्याउने संसारभरका युवाका लागि म्याक्रोन आज आदर्श पात्र हुन् ।

 

सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्दा कार्ल मार्क्स जम्मा ३० वर्षका थिए भने, नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा पुष्पलाल २५ वर्षका मात्रै । वि.सं. २००३ मा कांग्रेसका कार्यवाहक सभापति बन्दा बिपी कोइराला ३३ वर्षका थिए । ४५ वर्षको उमेरमा देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा शपथ खानुअघि नै बिपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त विकसित गरिसकेका थिए । जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर, नेपाली राजनीतिमा सनसनी मच्चाएर संसारबाट बिदा हुँदा मदन भण्डारीले भर्खर ४१ वर्ष टेकेका थिए । प्रचण्ड र बाबुरामले पनि ४० वर्षकै हाराहारीमा नेपाली राजनीतिमा सशस्त्र आँधिबेहरीको शंखघोष गरिसकेका थिए । यस्ता, सबै उदाहरणीय कोशेढुंगा काटिसकेका नेताहरूले हामी युवा हौँ भनेर अग्रजहरूसँग पालो माग्नु राजनीतिक रूपले पनि शोभनीय हुँदैन ।

 

म्याक्रोन ताजा उदाहरण हुन्, राजनीतिको प्रवाह परिवर्तन गर्ने संसारका कुनै पनि नेता कसैको अनुग्रहबाट नेतृत्वमा पुगेका होइनन् । अझ, हाम्रा नेताले जुन उमेरमा आएर आफूलाई युवा भनी दाबी गरेका छन्, जैविक रूपमा पनि त्यस्तो म्याद लगभग गुज्रिसकेको छ । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्दा कार्ल मार्क्स जम्मा ३० वर्षका थिए भने, नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा पुष्पलाल २५ वर्षका मात्रै । वि.सं. २००३ मा कांग्रेसका कार्यवाहक सभापति बन्दा बिपी कोइराला ३३ वर्षका थिए । ४५ वर्षको उमेरमा देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा शपथ खानुअघि नै बिपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त विकसित गरिसकेका थिए । जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर, नेपाली राजनीतिमा सनसनी मच्चाएर संसारबाट बिदा हुँदा मदन भण्डारीले भर्खर ४१ वर्ष टेकेका थिए । प्रचण्ड र बाबुरामले पनि ४० वर्षकै हाराहारीमा नेपाली राजनीतिमा सशस्त्र आँधिबेहरीको शंखघोष गरिसकेका थिए । यस्ता, सबै उदाहरणीय कोशेढुंगा काटिसकेका नेताहरूले हामी युवा हौँ भनेर अग्रजहरूसँग पालो माग्नु राजनीतिक रूपले पनि शोभनीय हुँदैन । नेपाली राजनीतिको सुसंस्कृत कोइराला परिवारमा बिपी कोइरालाले आफ्ना दाजुसँग पनि मागेर होइन, भिडेर शक्ति हातमा लिएका थिए । राजा र भारतको प्रत्यक्ष सहयोग पाएका मातृकाप्रसाद कोइराला बिपीको प्रताप थेग्न नसकेर कांग्रेस सभापति र प्रधानमन्त्री पदबाट पर धेकेलिएका थिए ।

कुनै पनि नेताले अब चिनाका आधारमा होइन, सिर्जनाका आधारमा आफ्नो अभिभारा पूरा गर्नुपर्छ । एमाले र माओवादी जुट्ने वा फुट्ने विषयलाई निरपेक्ष राखेर कांग्रेसले आफ्नो भविष्य आफ्नै मुठ्ठीमा केन्द्रित गर्ने हो भने मात्र सुधारको गुन्जायस रहनेछ । कांग्रेसले विजयको ध्वजा फहराउन चाहन्छ भने कम्तीमा युवा भनिएका नेताहरूले एक्काइसौँ शताब्दीमा प्रजातान्त्रिक समाजवादको परिभाषा प्रस्तुत गर्नुपर्छ । त्यो परिभाषाले पूर्वाधार निर्माण र औद्योगिक लगानी मात्र होइन, शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारका विषयमा पनि कांग्रेसको अवधारणा स्पष्ट पार्नुपर्छ । के त्यसका लागि उनीहरूसँग इच्छाशक्ति छ ? छ भने अब राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले होइन, कांग्रेस केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेलहरूले दिनुपर्छ । पार्टी बैठकको नाममा सानेपामा हुने सार्वजनिक सुनुवाइमा पाँच मिनेट बोल्न पाएका वेला माओवादीसँग किन नाता तोडेको, कमल थापासँग किन गला जोडेको भन्दै देउवालाई प्रश्न सोधेर गगन र प्रदीपहरूले मिडियामा स्थान पाउन सक्छन्, तर नेपाली राजनीतिमा हस्तक्षेप गर्न सक्दैनन् । त्यसका लागि उनीहरूले केन्द्रीय सदस्यको ब्याच देउवालाई बुझाएर महाधिवेशन प्रतिनिधिका रूपमा विचारधारा निर्माणको यात्रा तय गर्नुपर्छ । तर, टेलिभिजन स्क्रिनमा आइरहने र अनलाइनमा छाइरहने आफ्नै आदतविरुद्ध पनि संघर्ष गर्न सक्दैनन् भने उनीहरूले आफ्नै दल र देशको सामन्ती राजनीतिविरुद्ध घुँडा टेक्नैपर्नेछ । यो कांग्रेसका लागि मात्र होइन, देशका लागि सुखद हुन सक्दैन ।

 

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by