देशवासीका नाममा सम्बोधन गरी केही बेरमा राजीनामा दिँदै प्रधानमन्त्री

देशवासीका नाममा सम्बोधन गरी केही बेरमा राजीनामा दिँदै प्रधानमन्त्री
 
फागुन ३, २०७४

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी केही बेरमा पदबाट राजीनामा दिँदैछन्। प्रधानमन्त्री कार्यालय बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

सम्बाेधनपछि शितलिनवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने परियारले बताए। देउवा २०७४ जेठ २३ गते नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। गणतन्त्र नेपालका नवौं प्रधानमन्त्री देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो।

स्रोत, थाहाखबर

 

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by