७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त हुदै ।

img-featured

 
धनगढी  कैलाली फागुन ३ /  माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्। ५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए। 
 
प्रदेश सभाका बहुमत सांसदहरुको समर्थन आफूलाई रहेकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गरिएको प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ । गठबन्धनको दुई तिहाई बहुमत रहेकाले दावी पेश भएसंगै भट्ट प्रदेश नम्बर सातको मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश सभामा माओवादीका १४ र एमालेका २५ सांसद छन् ।त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफुलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्।
यो संगै बिहिवार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश नम्बर सातमा माओवादी नेतृत्वमा सरकार बनाउने सहमति एमाले–माओवादीबीच यसअघि भएको थियो । माओवादीले मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउने निर्णय गर्दै उनलाई संसदीय दलको नेता यसअघि नै चयन गरेको थियो । माओवादी सचिवालय सदस्य एवं प्रदेश ईन्चार्ज लेखराज भट्टलगायत दुई दलका सांसदहरु मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । बुधबार बिहानमात्र प्रदेश प्रमुखको कार्यालयले मुख्मयन्त्रीका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेको थियो ।
 
                प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेको केही घण्टामै एमाले र माओवादीले संयुक्त रुपमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा फागुन ४ गते बिहान ११ बजेसम्म प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका दावी पेश गर्न भनिएको थियो । ५३ सदस्यीय प्रदेश सभामा यी दुई दलको दुई तिहाई बहुमत छ । एमालेका २५ जना, माओवादीका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना प्रदेश सांसद छन् । बहुमत सांसदको समर्थनसहित दावी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयले आज (बिहीबार) भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएको छ । प्रदेश प्रमुख कार्यालयका श्रोतका अनुसार यही शुक्रबार सपथ खुवाउने गरि बिहीबार नै भट्टलाई मुख्यमन्त्री नियुक्त गरिने छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले ५ गतेभित्रै सथप ग्रहण हुने गरि मुख्यमन्त्रीको नियुक्ति प्रकृया अगाडि बढ्ने बताए । ‘भोलिसम्ममा मुख्यमन्त्रीको नियुक्तिको प्रकृया पुरा हुन्छ ।’ चौधरीले भने, ‘ढिलोमा ५ गतेभित्र सथप खुवाउने तयारी छ ।’
 
 दलहरुले केही संख्यामा भए पनि मन्त्रीको टुङ्गो लगाउन सके मुख्यमन्त्री र मन्त्रीको सपथ एकसाथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको उनले बताए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति सम्बन्धी पत्रमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्त हुने प्रकृया रहेको निमित्त सचिव चौधरीले जानकारी दिए । मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रतिक्रिया दिंदै माओवादी संसदीय दलका नेता भट्टले संघीयताको पहिलो अभ्यासमा मुलुक गइरहेकोले संघीयताको बलियो जग बसाल्न आफ्नो प्रयास रहने बताए । ‘अहिले संघीयताको नयाँ जग, प्रणाली बसाल्ने बेला हो र जग बसाल्ने मुख्य कुरा हो ।’ भट्टले भने, ‘शुरुमा राम्रो जग बसाल्न सके जनताले चाहेअनुसारको संघीयता सफल हुन्छ । त्यसैले संघीयताको बलियो जग बसाल्ने प्रयास मैले गर्ने छु ।’ भट्ट डोटीको प्रदेश सभा क्षेत्र २ बाट निर्वा्चित भएका थिए ।
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by