सामुदायिक वन तथा बातावरण सम्बन्धी अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम

 
देवानन्द न्यौपाने लम्की कैलाली फागुन २ / लम्कीचुहा नगरपालिकाको क्षेत्र भित्र रहेका सामुदायिक वन तथा बातावरण सम्बन्धी अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम आज लम्कीमा सम्पन्नं भएको छ । लम्कीचुहा नगरपालका नगर प्रमुख महादेव बजगाईको सभापतित्वमा भएको कार्यक्रममा लम्कीचुहा नगर क्षेत्र भित्र पर्ने सबै सामुदायिक वनका अध्यक्ष, सचिव तथा पदाधिकारी, ईलाका बन कार्यालय लम्कीका प्रमुख सहायक बन अधिकृत भरतबहादुर शाह, सेक्टर बन कार्यालय लम्की, रानी जमरा कुलरीया सिचाई आयोजनाका प्रतिनिधि, वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
 
 नगरपालिका भित्र रहेका सामुदायिक बनको सहि ब्यावस्थापन, संरक्षण तथा वनपैदावार सहज उपभोग, विपन्न बर्गको उत्थान र सामुदायिक बनलाई सामाजिक उतरदाईत्व बोध लगायतका विषयमा कार्यक्रममा छलफल गरीएको थियो । दिगो वन ब्यावस्थापन र संरक्षणको चुनौतिको बारेमा समेत कार्यक्रममा छलफल भएको बताइएको छ । 
 

radio programs

View All
  • On air बि.बि.सी नेपाली सेवा -by
  • up next भन्छीन आमा पुनः प्रसारण -by