नेपाली सेनाद्धारा लम्कीमा चिया र दाउरा वितरण ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कैलाली प’स २६ /अत्याधिक चिसोका कारण कैलालीको जन जिवन प्रभाबित भएको छ । चिसोका कारण स्थानियहरु घर बाट बाहिर निस्कन सकेका छैनन् । बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन । विद्यालयहरु अधिकाशं बन्द भएका छन । लगातारको सितलहरका कारण किसानले वारीमा लगाएको तरकारी पनी स’क्न थालेको छ । बजारमा मानिसको चहलपहल पातलीएको छ । ठाउ ठाउमा स्थानिय जाडो छल्लन दाउरा बालेर आगो तापि रहेका छन ।
 
यसबैविच अत्याधिक चिसो बढेपछि नेपाली सेनाको गोराङ्गे स्थीत स’द’रपश्चिम पितृना तालिम केन्द शिक्षालयले लम्कीच’हा नगरपालिकाका बिभिन्नसार्बजनीक ठाउमा दाउरा वितरण गरी सर्ब साधारणलाई आगो ताप्ने ब्यावस्था मिलाएको छ । सबैको लागि लम्की चौराहा, एकता म’क्त कमैया शिविर, बसपार्क लगायतका बिभिन्न ठाउमा तातो चिया समेत वितरण गरेको छ । स्थानियलाइई चिसो बाट राहात दिन नेपाली सेनाले यस क्षेत्रमा बिभिन्न ठाउमा दाउरा वितरण र चिया पिलाउने कार्यक्रम जाडो अवधिभर जारी राख्ने सहायक सेनानी विरोध रिजालले बताउन’ भएको छ । स्थानिय चिसोको समयमा नेपाली सेनाले दाउरा वितरण गरी आगोताप्ने र तातो चिया पिलाउने काम स्रहानिय रहेको बताउदै  ख’सि ब्यक्त गरेका छन । 
 
 

 

radio programs

View All
  • On air साझा खबर -by CIN
  • up next आजको खबर -by News Tem Radio paschim aawaj