लम्कीचुहा नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की पौष २३  / कैलालीको लम्कीचुहा नगरपालिका लाई आज आइतबार  एक भब्य समारोहका बिच खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरीएको छ । नगर क्षेत्र भित्र रहेका १६ हजार ७ सय २३ घरधुरी मध्य  १५ हजार ४ सय ९०  घरधुरीले सौचालय निमार्ण गरी प्रयोगमा ल्याएपछि लम्कीचुहा नगरपालिकालाई आज जिल्लाको १३ औं स्थानिय तहको रुपमा  एक भब्य समारोहका बिच खुल्ला दिसामुक्त क्षेत्र नगर घोषणा गरीएको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइले बताउनु भएको हो ।
 
जसमा निम्न आयस्तर भएका र विपन्न बर्गका ३ सय ९३ घरघुरीले साझा सौचालय निमार्ण गरी प्रयोग गरी रहेका छन, भने ८ सय ४० घरधुरीले सौचालय निमार्ण गरी रहेका खुल्ला दिसा मुक्त नगरपालिका घोषणा कार्यक्रममा लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विकले जानकारी गराउनु भएको थियो ।
 
निमार्णाधिन अवस्थामा रहेका निम्न तथा गरीविको रेखा मुनी रहेका नगरबासिहरुको घरमा चर्पि निमार्णको लागि सरकारका सहयोगि संस्था सेवक नेपाल सेफ वास दोस्रो कार्यक्रम , बेस नेपाल कैलाली, युनिसेफ, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र लम्कीचुहा नगरपालिकाले सहयोग गरी रहेका छन । 
 
 
नगर स्तरीय  खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति लम्कीचुहा नगरपालिकाका संयोजक तथा लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा क का प्रदेश सदस्य रतन बहादुर थापा रहनु भएको थियो । भने बिशिष्ठ अतिथीमा जिल्ला  स्तरीय  खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति कैलालीका संयोजक समेत रहनु भएका  जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादुर थापा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका प्रमुख नारायणप्रसाद काफ्ले रहनु भएको थियो ।
 
नगरपालीका उपमेयर टीका थापाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा महोन्याल गाउपालिकाका अध्यक्ष नवल सिंह रावल, बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरी, नेपाली काग्रेसका नगर सभापति रामबहादुर विष्ट, नेकपा एमालेका नगर इञ्चार्ज दलबहादुर रावल, नेकपा माओबादी केन्द्रका नगर इञ्चार्ज दलबहादुर विष्ट, राप्रपा का नन्दा शाही, नेपाल मजदुर किसान, मिलन शाही, उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौगाई लगायतकाले बोल्नु भएको थियो ।
 
कार्यक्रममा बिभिन्न संस्कृति झल्कने सांस्कृतिक झाकीहरु प्रर्दशन गरीनुका साथै खुल्ला दिसा मुक्त नगर घोषणामा सहयोग गर्ने बिभिन्न संघ संस्था तथा ब्यक्ती, पत्रकार हरुलाई सम्मान पत्र दिएर सम्मान  गरेको थियो ।
 
 कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथती तथा कैलाली निर्बाचन क्षेत्र नम्बर २  प्रदेश सभा क का प्रदेश सांसद रतन बहादुर थापाले सरसफाई मानिसको महत्वपुर्ण कुरा भएकाले अब नगरपालिकाले खुल्ला दिसा मुक्त क्षेत्र संगै सरसफाइ युक्त नगरपालिका बनाउनमा  लाग्नु पर्नेमा जोड दिनु भयो । 
 
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कैलाली संयोजक सुर्य बहादुर थापाले लम्कीचुहा नगरपालिका जिल्लाको १३ औं स्थानिय तहको रुपमा खुल्ला दिसा मुक्त भए संगै अब जिल्ला नै खुल्ला दिसा मुक्त घोषणा भएको बताउनु भयो । जिल्लालाई माघको दोस्रो साता भित्र औपोचारीक रुपमा घोषणा गरीने बताउनु भयो । कार्यक्रम समापनमा बोल्दै नगर प्रमुख महादेव बजगाइले यस क्षेत्रको विकासको लागि सबै एक हुनु पर्नेमा जोड दिनु भएको थियो । 
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by