किसान बहुउद्देश्यीय सहकारीसंस्थाको एक बर्षको खुद नाफा करीब ७ करोड ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की कैलाली पुस २२ / कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा खुद नाफा ६ करोड ९८ लाख ६८ हजार ४ सय ५३ रुपैया“  कमाएको छ । सहकारीले आज शुक्रबारका दिन आफ्नो २३ औं बार्षिक साधारण सभाको अवसरमा आफ्ना शेयर सदस्यलाई १५ प्रतिशतका दरले लाभाशं पनी वितरण गरेको जनाएको छ । साधारण सभामा संसथाको आर्थिक, प्रशासनिक तथा वित्तीय लक्ष्य तथा प्रगति प्रतिबेदन प्रसतुत गदै संस्थाका महा प्रबन्धक डम्बर बहादुर शाहले संस्थाको हाल शेयर पुजि ६ करोड ९४ लाख ९१ ह्जार ५ सय रुपैया रहेको बताउनु  भयो । संस्थाले गत बर्षको तुलनामा यस बर्ष झण्डै ३६  प्रतिशतले कारोबार बृद्धि गरेको बताउनु भयो । संस्थाको आर्थिक बर्ष २०७२÷०७३ मा १ अर्ब ३३ करोड ५२ लाख ३२ हजार २ सय ५८ रुपैया कारोबार रहेकोमा  आर्थिक बर्ष २०७३÷०७४ मा झण्डै ३६ प्रतिशतले बृद्धि भई १ अर्ब ८१ करोड ४३  लाख ६० हजार १ सय ६५ रुपैया पुगेको संस्थाका महा प्रबन्धक शाहले बताउनु भयो । 
 
संस्थाले आर्थिक कारोबारोमा मात्र सिमित नरहेर सामाजिक क्षेत्रमा समेत काम गरी रहेको छ । आफ्ना शेयर सदस्यका परिवारका सुत्केरी महिलालाई भक्ता १ हजार ९ सय ४६ जनालाई, आगलागिका घटनामा ७६ जना,  मृतक शेयर सदस्यको परिवारलाई क्रिया खर्च ४ सय ४२ जना, कर्जा विमा वाफत ३ सय ३९ जना र अन्य सामाजिक सहयोग १८ जना गरी कुल २ हजार ८ सय २० जनालाई  १ करोड २० लाख ८२ हजार १ सय ५२ रुपैया संस्थाले सामाजिक कार्यमा सहयोग गरेको जनाएको छ । 
 
 आफ्नै ३ तले भवनबाट सेवा दिइ रहेको संस्थामा बिभिन्न सेक्टर गरी गरीब २ सय भन्दा बढी स्थानिय महिला तथा युवाले रोजगारी पाएका छन । संस्थाले निम्न आयस्तर भएका महिलाहरुलाई माथि उकास्न कैलाली जिल्लाका बिभिन्न ठाउमा गरी १८ वटा सेवा केन्द्र बाट सेवा प्रबाह गदै आएको छ । भने ७० भन्दा बढी ट्याब्लेटहरु सञ्चालन गरेको जनाएको छ । संस्थाले सेवाग्राहीका लागि मोवाइल बैंकिड्ढ सेवा समेत प्रदान गदै आएको छ । संस्थाले यस क्षेत्रका किसानहरुको मागलाई मध्यनजर गदै अब छिट्टै  ४ हजार मट्रिक टन  क्षमताको सित भण्डारण गृह सञ्चालनमा ल्यान लागेको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताउनु भयो । 
 
 
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले यस सहकारीले छोटो समयमा आफ्ना शेयर सदस्यका साथै कैलाली बासिको मन जिति आर्थिक सम्बृद्धिको लागि गरीरहेको सफलताको प्रशंसा गदै धन्यबाद समेत दिनु भएको थियो । नगरपालिका संग सहकार्य गरी यस क्षेको कृर्षि, शिक्षा र स्वाथ्यमा लगानि गरी यस क्षेत्रको विकासमा साझेदार बन्न समेत नगरप्रमुख बजगाइले संस्था संग आग्रह गर्नु भएको थियो । 
साधारण सभाको अवसरमा संस्थाले बर्ष उत्कृष्ट कर्मचारीको रुपमा ५ जना, उत्कृष्ट कारोबार गर्ने ५ जना सेवा ग्राही र प्रबेशीका परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका ५ जना छात्र र ५ जना छात्राहरुलाई पुरस्कार नगद, प्रमाण पत्र सहित सम्मान गरेको थियो ।
 
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएको थियो । भने विशिष्ट अतिथीमा जिल्ला सहकारी संघ कैलालीका सदस्य शिवा थापा र संस्थाका सल्लाहाकार संयोजक राष्ट्रिय सहकारी संघका प्रतिनिधि खडानन्द सापकोटा रहनु भएको थियो । संस्थाका सदस्य विष्णु भक्त शर्मा ढकालको सभापतित्वमा भएको कार्यक्रमा नेपाल लघुवित्त  बैंकर महासंघका सदस्य तथा किसान माइक्रो फाइनाइन्सका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह, समाजसेवि बद्रिप्रसाद लम्साल, प्राध्यापक नृप बहादुर कुव“र, कमलराज उपाध्याय लगायतकाले शुभकामना मन्तब्य राखनु भएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति प्रबिदेन र भावि योजना संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले र संस्थाको आर्थिक तथा वितिय प्रतिबेदन संस्थाका महा प्रबन्धक डम्बर बहादुर शाहले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालक संस्थाका कार्यक्रम संयोजक दिपक ढुङ्गानाले गर्नु भएको थियो । यस कार्यक्रमको संम्पादीत अंश सामुदायिक रेडियो पश्चिम आवाज लम्कीले भोली पुस २३ गते शनीबार बिहान साढे ७ बजे देखि प’नः प्रशारण गर्ने छ । सुन्ने प्रयास गर्नु होला ।
 
 
 
 
 

radio programs

View All
  • On air साझा खबर -by CIN
  • up next आजको खबर -by News Tem Radio paschim aawaj