बादी समुदायका घर परिवारलाई न्यानो कम्बल वितरण ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की कैलाली पौष २०/नेपाल प्रहरी श्रीमति संघले आज कैलालीको लम्कीचुहा ३ बल्चौरामा बस्दै आएका १ सय ६२ जना बादी समुदायका घर परिवारलाई  न्यानो कम्बल वितरण गरेको छ । केहि दिन यता कैलालीमा बढदै गएको चिसोले भुमिहिन बादी बस्तीका बालबालिका तथा जेष्ठ नागरीक प्रभावित भएको थाहापाए पछि प्रदेश नम्बर ७ स्तरीय नेपाल प्रहरी श्रीमति संघले न्यानो कम्बल वितरण गरेको हो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नेपाल प्रहरीका  ७ नम्बर प्रदेश प्रमुख  प्रहरी अत्तिरीक्त महा निरीक्षक माधव नेपालले नेपाल श्रीमति संघले देशब्यापि रुपमा गदै आइ रहेका बिभिन्न सामाजिक कार्य अन्तरगत न्यानो कपडा वितरण गरेको बताउनु भयो ।
 
 
 
 
 
 
 
केहि दिन देखि बढेको चिसोले देशै भरको जनजिवन प्रभावित भएका बेला सामाजिक कार्य अन्तरगत न्यानो कपडा वितरणको लागि सोच बनाई सबै भन्दा निम्न आयस्तर र विपन्न बर्ग खोज्दा कैलालीको बल्चौर स्थीत बादी बस्तीलाई छनोट गरी वितरण गरीएको नेपाल प्रहरीका  ७ नम्बर प्रदेश प्रमुख  प्रहरी अत्तिरीक्त महा निरीक्षक माधव नेपालले बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले चिसोको समयमा निम्न आयस्तर भएका परिवारलाई नयानो कपडा गर्नै काम सहानिय भएको बताउनु भएको थियो । 
 
 
 
 
 
 
 
नेपाल प्रहरी श्रीमति संघले न्यानो कपडा दिए पछि आफुलाई चिसो छल्न सहयोग हुने भन्दै बादी समुदायका स्थानियले खुसि समेत ब्यक्त गरेका छन ।कार्यक्रममा नेपाल  प्रहरी श्रीमति संघका प्रदेश संयोजक तारा नेपाल लगायत अन्य पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरीका कैलाली जिल्ला प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरे, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी महोन जोशी लगायत नेपाल प्रहरीका प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक लगायतकाको सहभागिता रहेको थियो ।
 
 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by