अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाकोसाधारण सभा समपन्न।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कैलाली पुस १६ / कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा समपन्न भएको छ । संसथाका अध्यक्ष खगेन्द्र प्रसाद धमालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएको थियो । भने विशिष्ट अतिथीमा सहकारी डिभिजन कार्यालयका सुरेश जैशी, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीका अध्यक्ष सुरेन्द्र कुमार शाह,  लम्कीबहुमुखि  क्याम्पस प्रमुख सारोज कुमार रहनु भएको थियो ।
 
 संस्थाका उपाध्यक्ष लक्ष्मिप्रसाद देवकोटाको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा चुरे संरक्षण सहकारीका सचिव धन्नजय न्यौपाने लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाका कोषाध्यक्ष धर्मा कुमारी डागिले संस्थाको आर्थिक बर्ष २०७३÷०७४ को आर्थिक प्रतिबेदन प्रत्ुत गर्नु भएको थियो, भने संस्थाका प्रमुख ब्यवस्थापक नवराज न्यौपानेले संस्थाको प्रगति प्रतिबेदन र संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद धमालाले सञ्चालक समितिको तर्फ बाट अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
 
कार्यक्रमको सञ्चालन संस्थाका सचिव जयन्द्र प्रसाद जैशीले गर्नु भएको थियो । २०६७ सालको स्थापना भएको सहकारीले हाल मंशिर महिना सम्म कुल २ लाख ९ हजार ७ सय ६५ रुपैया नाफा कमाउन सफल भएको संस्थाको प्रतिबेदनमा उल्लेख छ । कुल ८ सय ५५ जना शेयर सदस्य रहेको संस्थाले यस बर्षको मंशिर महिना सम्म १ करोड, ५० लाख ४३ हजार ८ सय १८ रुपैया आफ्ना शेयर सदस्यहरुको जिवन स्तर उकास्नका लागि सहुलियत रकममा विना धितो तथा धितोमा ब्यावसायिक, कृर्षि, साना उद्योग सञ्चालन, बैदेशिक रोजगार, शैक्षिक र आकस्मीक कर्जा शिर्षकमा लगानी गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । संस्थाले हाल स्फ्टवेयर प्रणली बाट कारोबार गर्नुका साथै एस.एम. एस. बैकिङ्ग प्रणली द्धारा शेय सदस्य तथा सेवा ग्राहिलाई सेवा प्रदान दिइ रहेको छ । 
 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by