वडा अध्यक्ष वनेका ह्याण्डवलका जिल्ला अध्यक्षलाई सम्मान

img-featured

 
 धनगढी पुस १६ / धनगढी वडा नम्वर ४ को वडा अध्यक्ष वन्नुभएका कैलाली जिल्ला ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल ह्याण्डवल संघका केन्द्रिय सदस्य दिपक थापालाई सम्मान गरिएको छ । कैलाली जिल्ला ह्याण्डवल संघको आयोजनामा जिल्ला संघका पदाधिकारी र महिला तथा पुरुष खेलाडीहरुले वडा अध्यक्ष वन्नुभएका थापालाई शनीबार धनगढी रंगशालामा सम्मान गरेका हुन । 
गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा धनगढी वडा नम्वर ४ मा नेपाली काग्रेंसको तर्फवाट थापा विजयी हुनुभएको थियो । धनगढी रंगशालामा आयोजित एक कार्यक्रका वीच ह्याण्डवलका वरिष्ठ प्रशिक्षक रामेश्वर श्रेष्ठ, संघका पुर्व केन्द्रिय सदस्य कुवेरजित साउँद, ह्याण्डवलका अन्तराष्ट्रिय खेलाडी सुवाश श्रेष्ठ, ह्याण्डवल संघ कैलालीका कोषाध्यक्ष ललीत पन्त, कैलाली जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख टोपवहादुर विष्ट ह्याण्डवलका रेफ्री विदेश चौधरी लगायतले थापालाई सम्मान गरे । 
यस्तै साप च्याम्पीयनसीप अन्तर्गत पुस १९ गतेदेखि २२ गतेसम्म पोखरामा हुने राष्ट्रिय ह्याण्डवल खेल्न जाने टोलीको पनि विदाई गरिएको छ । महिला तथा पुरुष दुवै टोलीको विदाई सहित जितको शुभकामना दिईएको हो । 
 

radio programs

View All
  • On air -by
  • up next -by