करातेमा एपीएफ र आयोजकको वर्चश्व ।

img-featured

 
 
 
धनगढी, १३ पौष / धनगढीमा जारी ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा विभागीय टोली एपीएफ र आयोजक टोली धनगढीले वर्चश्व कायम गरिरहेका छन । सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा भईरहेको प्रतियोगितामा घरेलु टोलीकी बर्षा साउदले ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छन् । सो प्रतिस्पर्धामा भारतकी मिना कुमावतले रजत तथा एपीएफकी दिपा लामा र श्रीलंकाका डब्लु आर डी मधुसानीले काश्य पदक जिते । 
 
प्रतियोगितामा ६ देखि ८ वर्ष उमेर समुहको स्याडेट प्रतिस्पर्धामा धनगढीकै प्रदिप बैजली मगर पहिलो तथा खडक थामी मगर दोश्रो भए । श्रीलंकाका जिडिडिएम सुनारत्ने तेश्रो भए । ५५ किलो तौल समुहमा एपीएफका सुजन श्रेष्ठ पहिलो तथा चक्रमान प्रधान दोश्रो भए । धनगढीका पुष्प न्यौपाने र भारतका सोनु कुबँरले काश्य पदक जिते । ६८ किलो तौल समुहमा पनि एपीएफकी सरिता श्रेष्ठ पहिलो भइन् । 
 
६८ किलो भन्दा माथिको तौल समुहमा एपीएफकी लक्ष्मी भट्ट पहिलो तथा सरिता लामा दोश्रो भए । भारतकी सिमा रहांगडालेले काश्य पदक जितिन् । ५५ किलो तौल समुहमा एपीएफकी मनिषा चौधरीले स्वर्ण, भारतकी कमल प्रीत कौरले रजत तथा भारतकै आरस प्रीत कौरले काश्य पदक जिते  ।
 
बुधवारदेखि धनगढीमा सुरुभएको देशकै सर्वाधिक धनराशिको ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिताका खेलहरु सञ्चालन भईरहेका छन । प्रतियोगितामा नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलङकाका १९, भुटानका सात, पाकिस्तानका पाच तथा बङगलादेशका नौ गरि चार सय ६३ खेलाडीले ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि प्रतिस्पर्धा गरिरहेका छन । 
 
 प्रतिोगितामा प्रथम पुरुस्कार ५१ हजार, दितिय पुरुस्कार ३१ हजार र तृतिय पुरुस्कार २१  हजार राखिएको छ । उक्त पुरुस्कार कराते प्रतियोगितामा देशकै सर्वाधिक रहेको आयोजकको दावी छ । नगद पुरुस्कारको राशि १ लाख ३ हजार रहेको प्रतियोगिता सञ्चालनका लागि करिव २३ लाख रुपैया खर्च लाग्ने बताईएको छ । सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो (युजेनकाई) सघको आयोजनामा सुरु भएको प्रतियोगिताको बुधवार कैलाली क्षेत्र नम्बर ५ का सासद नारदमुनी रानाले उद्घाटन गर्नुभएको थियो । 
 

radio programs

View All
  • On air -by
  • up next -by