ढुक्क भएर निर्बाचनमा मतदान गर्न कार्यक्रता लाई आग्रह ।

img-featured

 
लम्की मंशिर १८ / नेपाली कांग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २  ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदावार हिमबहादुर रावलले ढुक्क भएर निर्बाचनमा मतदान गर्न कार्यक्रता तथा क्षेत्र नम्बर २ बासिलाई आग्रह गर्नु भएको छ । आज एक विज्ञाप्ती जारी गरी नेपाली काग्रेसका नेता तथा आसन्न निर्बाचन क्षेत्र नम्बर २  ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदावार हिमबहादुर रावलले कसैको दवाव, प्रभाव र प्रलोभनमा नपरी यस क्षेत्रको समग्र विकास र भ्रष्टचारी निर्मुल पार्नका लागि नेपाली काग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गर्नु भएको छ । 
 
नेपाली काग्रेस जितको संघारमा पुगेको बताउदै जनताको जित र अभिमतलाई स्वीकार गर्न नसक्ने परनजित मानसिकताका केहि ब्यक्तिले आफु र नेपाली काग्रेस यस क्षेत्रका उम्मेदावारलाई भ्रमक अपबाह फैलाई रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेता रावलले प्रकासित गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
ब्यक्तिगत रुपमा आफ्नो चरित्र हतया गर्ने नियतले कालो धन्दागर्ने, प्रपोकाण्डा फैलाउने, पराजित मानसिकता भएका अर्कोको बदनामि गर्ने,  अरुको उस्काहटमा लागि सामाजिक संञ्जालमा केहि प्रचा पम्पलेट बनाई बजार तथा गाउमा फालेको भेटीएकाले यस्ता असत्य भ्रामक कुराको भ्रममा नपर्न सबैमा अनुरोध गरीएको छ । आफु र आफ्नो मर्यादित पेशालाई नचिन्ने, मर्यादाको पालना नगर्नेहरु समाजकै कुतत्व पछि नलाग्न सबैमा आग्रह गदै एमाले प्रदेश सभा क का उम्मेदावार रतन थापाको निर्देशनमा पत्रकारको खोल आढेका १÷२ जनाले बल्याकमेलिङ्ग गर्नेलाई समाजले चिनेको उल्लेख गदै सबैले सतर्क रहन विज्ञाप्तीमा अपिल गरीएको छ ।
 
 निर्बाचनको पुर्ब संधयामा समाजमा अपबाह फैलाउने पराजित मानसिकताका ब्यक्तिलाई आवश्यक परे कानुनि कठगरामा उभ्याईने उल्लेख गदै बताउदै यस  क्षेत्रका सम्पुर्ण मतदाता हरुलाइ रुख चिन्हमा मतदान गरी नेपाली जनताको अधिकार रक्षाका लागि नेपाली काग्रेसलाई जिताउन समेत अपिल गरीएको छ । 
 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by