कैलालीका मतदाता लोकतान्त्रीक गठबन्धन तर्फ आर्कषित बन्दैः युवा नेता शाही ।

img-featured

 
देवानन्द न्यौपाने,  लम्की मंशिर १७ / दोस्रो चरणको निर्वाचन आउन ३ दिन मात्रै बांकी रहदा नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले आफनो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको जनाएको छ । यस अघि विभिन्न टोल तथा गाउ“ गाउ“मा गई  आमसभा तथा भेलाको आयोजना गरी मतदातका माझ“ पुग्ने गरेको नेपाली कांग्रेसले  अहिले आफनो प्रचार प्रसार लाई अलि फरक पारेको छ । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले अहिले आम सभा भेला भन्दा पनि मतदाताको घरघरमा गई आफ्नो पक्षमा मत मागिरहेको कांग्रेसका युवा नेता लबबहादुर शाहीले बताउनु भएको छ । 
 
शाहीका अनुसार अहिले गाउ“–गाउ“ टोल–टोल, घर–घरमा नेपाली कांग्रेसका नेता तथा कार्यक्रता लोकतान्त्रीक गठबन्धनलाई मत माग्नमा व्यस्त रहेको बताउनु भएको छ । मतदाताले यस पटक लोकतान्त्रीक गठबन्धन लाई अत्याधीक बहुमतले विजय गराउनेमा आफु विश्वस्त रहेको समेत उहाले बताउनु भयो ।  आईतबार देखी  लम्की चुहा नगरपालिका ३ संगै निर्वाचन  क्षेत्र नम्बर २ का लोकतान्त्रत्रीक गठबन्धनका नेता तथा कार्यक्रता लगायत भातृ संगठनमा आबद्ध संम्पुर्ण कार्यक्रताहरुले गाउ“–गाउ“ टोल–टोल, घर–घरमा गई मतदाता शिक्षा संगै मत मागीरहेका छन ।
 
 नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्मा पुर्व शिक्षा राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनसिह राठौर, प्रदेश सभा ‘क’ मा हिम बहादुर रावल, प्रदेश ’ख‘ मा अरुण चौधरी र सामानुपातिकमा शुशिला शाहीे उम्मेदवार रहेका छन ।
 
प्रमुख प्रतिपक्षदल बाम गठबन्धनले जनता संग मतमाग्नु भन्दा नेपाली कांग्रेस जितको संघारमा पुगेको देखेर हार स्वीकारदै उम्मेदावार तथा नेपाली काग्रेसलाई तुच्छ भाषा प्रयोग गरी ठाउ“–ठाउ“मा मतदातालाई भ्रम सृजना गराई रहेको बताउदै  युवा नेता शाहीले एमालेका नेताको गाली नेपाली काग्रेसका लागि फाईदा नै हुने बताउनु भयो । 
 
नेपाली काग्रेस जनताको पार्टि भएकाले पछिल्लो पुस्ताका युवाहरुको नेपाली काग्रेसमा आकर्षण बढ्दै गएको नेता शाहीको दावि छ । एमालले यस अघि भन्दै आएको कैलाली जिल्ला एमालेको लालकिल्ला भन्ने शब्द अब निमिटान्न हुनेमा संका नगर्न सबै कार्यक्रतालाई आग्रह गर्नु भयो । नेकपा एमालले विकासको नाममा ब्रहमलुट बाहेक अरु यो क्षेत्रमा कुनै काम नगरेको बताउदै मतदातालाई भ्रममा नपर्न आग्रह गर्नु भयो । 
 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by