देवकोटा लागायत १३ जना नेपाली कांग्रेसमा प्रवेश

img-featured

 
मंसिर ४, लम्की /    नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मि संघ कैलाली जिल्लाका अध्यक्ष दिल्ली देवकोटाका नेतृत्वमा १२ जना सोमबार नेपाली कांग्रसमा प्रबेश थरेका छन् ।  संघको चौठो भेलाबाट निर्वाचित भई पार्टिको हरेक गतिबिधिमा संग्लन भई काम गर्दै आउनुभएका देवकोटा सोमबार लम्कीमा आयोजित एक कार्यक्रमका विच प्रेस वक्तब्यका साथ नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।  देवकोटाका साथमा लम्कीचुहा नगरपालिका २ गणेशपुरका रतन प्रसाद देवकोटा, मोतिपुरका गोकर्ण जैशी, लोकराज घोडासैनी, हर्क देवकोटा, जगतत अधिकारी, लाकेराज जैशी, धनिराम देवकोटा, हरिस देवकोटा, कृष्ण देवकोटा, हिरा प्रसाद देवकोटा, मोतिराम देवकोटा र हिमाखर देवकोटा गरि १३ जना नेकपा माओवादी केन्द्र परित्याग               गरि नेपाली कांग्रसमा प्रबेश    गरेका हुन् ।   
 
 
 नव प्रबेशी सबैलाई नेपाली कांग्रेस  प्रदेश सभा (क)का उम्मेद्वार हिम बहादुर रावल, नेपाली कांग्रेसका नगर सभापति राम बहादुर बिष्ट, नगर सचिव इश्वरी प्रसाद देवकोटा र पूर्व क्षेत्रिय सभापति तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का प्रवक्ता देवानन्द जैशीले  टिका लगाई सदस्यता प्रदान गरेका थिए । २०४९ साल देखि राजनितिकमा प्रबेश गरेका दिल्ली प्रसाद देवकोटाले पर्टिका विभिन्न             पदमा रहि इमान्दारिताका साथ जिम्मेवारी समाहल्दै आएका थिए ।  
   देशमा आएको पछिल्लो राजनितिक घटन क्रमबाट आफु प्रभावित भई देश र लोकतन्त्रको रक्षको लागि नेकपा माआवादी केन्द्रको कुनै जिम्मेवारीमा नरहने गरि पर्टि परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको उहाँले वक्तव्यमा उल्लेख गर्नु भएको छ । 
   साथै देवकोटाले वक्तव्यमा लेख्नु भएको छ, आफ्नो कसै संग गुनासो छैन म मेरो विचार  परिवर्तन     गरेर लोकतान्त्रिक गएको छुँ । यसैबिच नेपाली कांग्रेसमा प्रबेश गरेका दिल्ली प्रसाद देवकोटालाई नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले प्रचार प्रसार समितिको सदस्यमा मनोनित समेत गरेको छ ।  
 

radio programs

View All
  • On air आजको खबर -by
  • up next शुभ प्रभात -by