चेतना सामुदायिक वन उपभोक्ता समूहको पाँचौँ साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम ।

img-featured

 
देवानन्द न्यौपाने लम्की मंशिर २ / कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की थकालीपूरमा रहेको चेतना सामुदायिक वन उपभोक्ता समूहको पाँचौँ साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार लम्कीमा सम्पन्न भएको छ । 
समुहका  अध्यक्ष तोर बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईँ रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा ईलाका वन कार्यालय लम्कीका सहायक बन अधिकृत भरत साह  र वन उपभोक्ता समुहका संस्थापक अध्यक्ष रूपलाल आचार्य रहनु भएको थियो । 
कार्यक्रममा विभिन्न सं–संस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको कार्यक्रममा लम्की बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन (स्वव्यू) का सभापति ललित जैशी, ईलाका वन अधिकृत लम्कीका भरत शाह लगायतकाले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा उपभोक्ता कार्य समितिका सह–सचिव टेक नामराम्जालि मगरले आर्थिक वर्ष २०७३÷०७४ को समूह प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रममा उपभोक्ता कार्य समितिकी सचिव सुमन सञ्ज्यालले गर्नु भएको थियो । 
 

radio programs

View All
  • On air आजको खबर -by
  • up next शुभ प्रभात -by