कति लामो कपाल ? लाज ढाक्न कपडा नै नचाहिने

कति लामो कपाल ? लाज ढाक्न कपडा नै नचाहिने

 

बेलायतको लन्डनमा बस्ने मेलगोरजाता कुलजाइक नामक युवतीको कपाल यति लामो र बाक्लो छ कि उनले आफ्नै कपालको गाउन बनाएर लाज ढाक्न सक्छिन्, आपत परेको बेला ।

कुलजाइकको कपाल यति घना छ कि सायदै दुनियाँमा अरु महिलाको होला । वास्तवमा उनले ७ वर्षकी छँदादेखि नै कपाल बढाउने निर्णय गरेकी थिइन् । उनले आफ्नो कपाललाई सही लुक दिनका लागि हरेक केही महिनामा हल्का रुपमा कपाल काट्थिन् । अहिले उनले आफ्नो कपालमा घरेलु कस्मेटिक मात्र प्रयोग गर्दछिन् । उनले कपाल नुहाउनु अघि कपाललाई नरिवलको तेलले मसाज गर्छिन् अनि स्याम्पुले नुहाउँछिन् ।

पछिल्लो २ वर्षयता उनले आफ्नो कपाल मिलाउन ट्रिमिङसम्म गरेकी छैनिन् । उनको कपाल अहिले ७ फिट लामो भैसकेको छ ।

आफूलाई लामो कपालको लत बसिसकेको भन्दै कपाल छोटो बनाउने कुरा सोच्न पनि नसक्ने उनी बताउँछिन् ।

 

 

radio programs

View All
  • On air ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by
  • up next खबर संक्षेप -by