मैत्रीपुर्ण फुटबल प्रतियोगिता लम्कीमा सम्पन ।

img-featured

 
 
नेत्र प्रसाद न्यौपाने लम्की ,कार्तिक २३ /लम्की जेसीज लम्की कैलालीले सप्ताहाव्यापी कार्यक्रमको चौथो दिन आज लम्कीमा रहेको लायन्स र लियो कल्बका पदाधिकारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन गरेको छ ।  प्रतियोगिताको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले खेल मैदानमा फुटबल हानी उ दघाटन गर्नुभएको थियो । 
 
 खेलमा लम्की जेसीस लाई शुन्यका विरुद्ध ३ गोल हान्दै लियो क्लब लम्की विजय भएको छ । खेलमा मिलन बटालाले २ गोल र अर्का खेलाडीले १ गोल गरि ३ गोल हानेको थियो । प्रतियोगितामा लम्की जेसीजको तर्फ बाट लम्की जेसीजका महासचिब युवराज न्यौपाने र लियो कल्ब बाट डेविट पौडेलले कप्तानी गर्नुभएको थियो । मैत्रीपुर्ण फुटबल प्रतियोगिता की संयोजक दुर्गा गुरुङ्गको अध्यक्षयतामा भएको खेलमा लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई प्रमुख अतिथी रहनुभएको थियो । 
 उद्घाटनमा लम्की चुहा नगरपालिका वाड नम्बर ३ का वाड अध्यक्ष भत्त बहादुर चलाउने,लम्की जेसीजका अध्यक्ष जुगरा चौधरी,लम्की लेडी जेसीजकी अध्यक्ष कल्पना गीरी  लगायतले बोल्नुभएके थियो ।  लम्की जेसीजका कानुनी सल्लाहकार तथा सप्ताहा व्यापी कार्यक्रमका मुल संयोजक जेसी   राम बहादुर बोगटीको स्वागत मन्तवय संगै शुरु भएको कार्यक्रमको सन्चालन लम्की जेसीजका महासचिब जेसी युवराज न्यौपानेले गर्नुभएको थियो ।                                                                                 
 

radio programs

View All
  • On air आजको कुरा पुनः प्रसारण -by
  • up next साझा खबर -by