टीकापुर उद्योगबाणिज्य संघले आपूर्ति राज्यमन्त्री विक. र प्रशासन संग माग्यो माफि माग्यो ।

img-featured

 
 

 सरकारी गाडि तोडफोड गर्नेलाई उन्मुक्ति ।

 
देवानन्द न्यौपाने कैलाली लम्की असोज ७ / आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिक र प्रशासन संग टीकापुर उद्योग बाणिज्य संघले माफि मागेपछि घट्ना साम्य भएको छ । सबै ब्यापारीहरुको तर्फ बाट उद्योग बाणिज्य संघले माफि मागेपछि आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकले पहिलो पटकको लागि माफ गरी दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनु भएको छ । 
 
सुदुरपश्चिम भ्रमणमा रहेका राज्यमन्त्री बि.क टीकापुर बजारका पसल–पसलमा पसेर चेकजाँच गर्नलाग्दा स्थानिय पसलेहरु र राज्यमन्त्रीबीच भनाभन भएको थियो । राज्यमन्त्री बिकको सरकारी टोली र स्थानिय पसलेबीच विवाद भैरहदा जम्मा भएका स्थानिय सर्वसाधारण ले उद्योग बाणिज्य संघ टीकापुरको आडमा  नाराबाजी गर्दै राज्यमन्त्री सहितको सरकारी टोलीलाई बजारबाट लखेटेका थिए ।
 
 प्रशासन र मन्त्रीले उद्योग बाणिज्य संघलाई जानकारी नदिई बजार अनुगमन गर्न नपाईने बताउदै टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष पर्शुराम चपाईले  आफुहरुले मन्त्री सहितको टोलीलाई बजार बाट लखेटेको, ब्यापारीको उत्तेजित भिडले सुरक्षाकर्मि र मन्त्रीलाई धकलपकल गरेको र होटलभित्र पार्किमा राखेको गाडिमा ढुङ्गा प्रहारगरी तोडफोड गरेको स्वीकार गरेका छन । आक्रोशित भीडले मन्त्रीको गाडीमा लगाइएको नेपालको झण्डा समेत च्यातेका थिए ।
 
 घटना पछि टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने टीकापुर बजार पूर्णरुपमा बन्द रहेको थियो । सहमति पछि भोली बिहान बाट बजार सुचारु हुने उद्योगबाणिज्य संघ टीकापुरले जनाएको छ ।
 

radio programs

View All
  • On air हिन्दी गीतहरु -by
  • up next खबर संक्षेप -by