आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथी स्थानिय द्धारा आक्रमण ।

img-featured

 
 
देवानन्द न्यौपाने कैलाली लम्की असोज ७ / कैलालीको टीकापुरमा आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकलाई स्थानियले आक्रमण गरेका छन । सुदुरपश्चिम भ्रमणमा रहेका राज्यमन्त्री बि.क टीकापुर बजारका पसल–पसलमा पसेर चेकजाँच गर्नलाग्दा स्थानिय पसलेहरु र राज्यमन्त्रीबीच भनाभन भएको थियो । राज्यमन्त्री बिकको सरकारी टोली र स्थानिय पसलेबीच विवाद भैरहदा जम्मा भएका स्थानिय सर्वसाधारण ले नाराबाजी गर्दै राज्यमन्त्री सहितको सरकारी टोलीलाई बजारबाट लखेटेका थिए । यसै क्रममा जमरापारी रहेको विष्ट आयल स्टोरको अनुगमन पछि स्थानियको आक्रमणको डरले जमरापारी रहेको होटल सिद्दार्थमा आश्रयलिन जादै गर्दा आक्रोशित भीडले राज्यमन्त्री बिक चढेको बा १ झ ९६९९ नम्बरको गाडीमा तोडफोड गरेका छन । आक्रोशित भीडले मन्त्रीको गाडीमा लगाइएको नेपालको झण्डा समेत च्यातेका छन ।
 
 घटना पछि टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने टीकापुर बजार पूर्णरुपमा बन्द रहेको छ । स्थानियलाई उकासेको आरोपमा प्रहरीले टीकापुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासचिव राम भण्डारीलाई पक्राउ गरेको छ । टीकापुरमा स्थिति तनावपूर्ण भएपछि सदरमुकाम धनगढीबाट प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरु टीकापुर पुगेका छन । मन्त्री बसेको होटल सिद्दार्थमा अहिले प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरु र स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुबीच छलफल चलिरेहेका छ ।
 

radio programs

View All
  • On air आजको खबर -by
  • up next शुभ प्रभात -by