नेपाल जेसिजको क्षेत्र घ सम्मेलन लम्कीमा सम्पन्न ।

 
 
देवानन्द न्यौपाने लम्की कैलाली भदौ ३१/ नेपाल जेसिजको क्षेत्र घ सम्मेलन  कैलालीको लम्कीमा सम्पन्न भएको छ । नेपाल जेसिज बर्ष सन् २०१८ को क्षेत्र घ सम्मेलन दाङ्ग जेसिजको आतिथ्यतामा हुने उद्घोषका साथ सम्मेलन सम्पन्न भएको हो । लम्की जेसिजको आतिथ्यतामा लम्कीमा २ दिन सम्म सञ्चालन भएको नेपाल जेसिजको क्षेत्र घ सम्मेलन फलदायि भएको बताउदै सममेलनका निर्देशक डम्मबर बहादुर शाहले कार्यक्रम सौहार्द बातावरणमा सम्पन्न गर्न सहयोग गर्ने नेपाल जेसिज, देशका बिभिन्न शाखा बाट सहभागिता जनाउने जेसिज प्रतिनिधि, परिवेक्षक, सुरक्षाकर्मि, पत्रकार, यस क्षेत्रका बिभिन्न संघ संस्था, होटल ब्यावसायि तथा सहयोगी सबैमा हाद्धिक धन्यबाद ब्यक्त गर्नु भएको छ ।हिजो र आज २ दिन सम्म सञ्चालन भएको सम्मेलनमा नेपाल जेसिजका देशभरका ५५ शाखाका ६ सय बढी प्रतिनिधि र परिवेक्षकको सहभागिता रहेको थियो । 
सम्मेलनमा नेपाल जेसीजको क्षेत्र घ अन्तरगतको नवलपरासिको गैडाकोट देखि महाकाली सम्मका ४२ शाखाका र अन्य क्षेत्रका अतिथती शाखाका  गरी ५५ शाखाका करीब ६ सय जना बढीले सहभागिता रहेको क्षेत्र घ सम्मेलनका निर्देशक डम्मबर बहादुर शाहले बताउनु भएको छ । 
 
नेपाल सरकारका सिचाइ मन्त्री संजय गौतमले उद्घाटन गर्नु भएको सम्मेलनको पहिलो दिन कार्यक्रमको उद्घाटन बिभिन्न सहयोगि तथा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्ति, संस्था र स्थानिय निर्बाचनमा निर्बाचित जेसिजमा आबद्ध प्रतिनिधिहरुलाई सम्मान, प्रवचन तथा काभ्रे गाला नाईट सो, लम्की गाला नाईट सो अन्तरगत सुदुर तथा मध्यपश्चिमका साथै पश्चिम नेपालमा रहेका बिभिन्न संस्कृति झल्कने सांस्कृतिक झाकि तथा नृत्य प्रस्तुत गरीएको थियो । 
सम्मेलनको दोस्रो दिन आज लम्की बजारमा बिभिन्न जातिय तथा सांस्कृतिक झाकि सहितको शान्ति ्रयालि, बक्तृत्व कला प्रतियोगिता, नेतृत्व र ब्यक्तित्व विकास तालिम, नेपाल जेसिजको साधारण सभा, नेपाल जेसिजको आगामि बर्ष सन २०१८ को लागि उम्मेद्धावारी घोषणा, उम्मेद्धावारी प्रबद्धन तथा सहभागि शाखाहरुलाइ प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरीएको थियो ।
सम्पन्न सम्मेलनमा आगामि जेसिज बर्ष सन् २०१८ का लागि नेपाल जेसिजको अध्यक्ष पदको लागि विराटनगर जेसिज शाखाका महेश पौड्याल, नवलपरासि शाखाका श्रीधर बश्याल, रुपन्देही तिलोचना जेसिज शाखा बाट विनोद सुबेदी गरी ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा प्रदेश नम्बर ७ सुदुरपश्चिमको कैलाली बाट नेपाल जेसिजको ऐरीया डि अन्तरगत पर्ने धनगढी जेसिजका पुर्ब उपाध्यक्ष पदम विक्रम विष्टले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन ।
 यस्तै राष्ट्रिय उपाध्यक्षमा लम्की जेसिजको मातृ शाखा टीकापुर जेसिजका बर्तमान उपाध्यक्ष टेकराज रेग्मीले नेपाल जेसिजको आगामि कार्यकालको लागि उम्मेद्वारी घोषणा गरेका हुन । सम्मेलन मार्फत कार्यकारी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्ष पदमा गरी १२ जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका क्षेत्र घ सम्मेलनका महा सचिव मनिष न्यौपानेले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।
 
सम्मेलन अवधिभर उत्कृष्ट तालिम, स्थानिय कला संस्कृतिको प्रर्दशनी, लम्की गाला नाईट, धार्मिक तथा पर्यटकीय स्थल चिसापानी, घोडाघोडी ताल, टीकापुर पार्क, कैलाशधाम तीर्थस्थल, महोना डल्फिन अवलोकन,  राजकाडाको सुर्योदय अवलोकन, कला संस्कृति झल्कने यस क्षेत्रका बिभिन्न सांस्कृतिक कार्यक्रमको समेत सञ्चालन गरीएको नेपाल जेसिजले जनाएको छ । 
 

radio programs

View All
  • On air हिन्दी गीतहरु -by
  • up next खबर संक्षेप -by